आजको राशिफल ~वि.सं. २०८२ मङ्सिर २२ गते सोमवार
वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:१७
shares

आजको पञ्चाङ्ग : सोमवार, वि.सं. २०८२ मङ्सिर २२ (ई.सं. २०२५ डिसेम्बर ०८) आजका धार्मिक तथा खगोलीय विवरण सार्वजनिक गरिएको छ। सिद्धार्थ नामक संवत्सरअन्तर्गत सूर्य दक्षिणायन र हेमन्त ऋतु चलिरहेको छ । आज काठमाडौँमा सूर्योदय बिहान ६:४৪ बजे र सूर्यास्त साँझ ५:०८ बजे हुनेछ। पञ्चाङ्ग अनुसार आज पौष कृष्णपक्ष (थिल्लागा) चतुर्थी/चौथी तिथि बेलुका ९:२३ बजेसम्म, त्यसपछि पञ्चमी तिथि लाग्नेछ। पुनर्वसु नक्षत्र बिहान ९:२९ बजेसम्म रही त्यसपछि दिनभर पुष्य (तिष्य) नक्षत्र रहनेछ। चन्द्रमा आज कर्कट राशिमा अहोरात्र रहने पञ्चाङ्गविद्हरूले जनाएका छन्।दिनको पहिलो भागमा ब्रह्म योग मध्यरात्रीपूर्व ११:०० बजेसम्म, त्यसपछि ऐन्द्र योग लाग्नेछ।करणतर्फ विहान १०:०६ बजेसम्म बब करण, त्यसपछि बेलुका ९:२३ बजेसम्म बालब करण रहनेछ भने अन्त्यमा कौलव करण पर्नेछ।पञ्चाङ्गमा उल्लेख भएअनुसार आजको आनन्दादि योग ‘धूम्र’ रहेको छ। चन्द्रवर्ण सेतो र चन्द्रदिशा उत्तर बताइएको छ।योगिनीदिशा बेलुका ९:२३ बजेसम्म नैऋत्य, त्यसपछि दक्षिण हुनेछ। वारशूल पूर्वतर्फ रहेको छ भने वाणपञ्चकमध्ये ‘नृप (राज) वाण’ साँझ ५:२७ बजेसम्म मानिनेछ। कालराहु चक्रअनुसार आज कालको दिशा वायव्य र पाशको दिशा आग्नेय रहेको छ। धार्मिक मान्यताअनुसार आज शिववास रहेकाले रुद्रीपूजा तथा रुद्राभिषेक का लागि शुभ मानिएको दिन हो।आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस परेको छ ।
- आजका १२ राशिको ज्योतिषीय विश्लेषण
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आवेग नियन्त्रणमा नआउँदा निराशा अनुभूति हुनसक्ने ज्योतिषीय गणना देखिएको छ। पेशागत र व्यवसायिक पक्ष सुचिन्तित रूपमा अघि बढे पनि घरपरिवारलाई समय दिन नसक्दा आपसी समझदारीमा असर पर्नसक्ने विश्लेषण गरिएको छ। लवपार्टनरसँग सामञ्जस्य कायम रहँदै राम्रो समय बित्ने देखिन्छ। भाग्यबल : ४०% | शुभअङ्क : ४ | शुभ रङ : घिउरङ | दिशा : उत्तर
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारिवारिक उत्थानका लागि महत्वपूर्ण काम सुरु गर्ने योगछ। आर्थिक लगानी तथा कारोबारमा फाइदाजनक नतिजा देखिएको छ। दाजुभाइ वा माइतीपक्षबाट सहयोग जुट्ने सम्भावना बलियो छ।भाग्यबल : १००% | शुभअङ्क : ३ | शुभ रङ : गुलाबी/सिन्दुरे | दिशा : पश्चिम
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) चुनौती देखिए पनि सफलता हातमा रहने दिन मानिएको छ। परीक्षा तथा प्रतियोगिताबाट राम्रो नतिजा आउने सम्भावना छ। खर्च बढ्ने देखिएकाले होसियारी अपनाउन ज्योतिषहरूले सुझाएका छन्।भाग्यबल : ६५% | शुभअङ्क : २ | शुभ रङ : सेतो | दिशा : दक्षिण
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पार्टनरको भावना बुझ्न सके मनोबल उच्च रहनेछ। रूप–सौन्दर्य तथा व्यक्तित्वमा निखार आउनेछ। गुरुवर्ग वा विशिष्ट व्यक्तिको भेट संभावित छ। भाग्यबल :१००% | शुभअङ्क : १| शुभ रङ : घिउरङ | दिशा : पूर्व
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सजगता आवश्यक रहने दिन हो। आर्थिक पक्षमा सानातिना खर्चले दबाब दिन सक्छ। ठूला निर्णय नगरी योजना बनाएर मात्र काम सुरु गर्नुपर्ने सुझाव छ। भाग्यबल : ३०% | शुभअङ्क : ३ | शुभ रङ : सेतो | दिशा : उत्तर
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) महत्त्वाकांक्षा बढ्नेछ। विदेश अध्ययन वा दीर्घकालीन योजनामा प्रगति हुनेछ। अड्डा–अदालतका काममा सफलता मिल्ने समय हो। भाग्यबल : १००% | शुभअङ्क : २ | शुभ रङ : घिउरङ/सेतो | दिशा : पश्चिम
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ रोजगारी वा व्यवसाय खोजीमा सफलताक संकेत स्पष्ट छन्। प्रतिस्पर्धी वा शत्रुको गतिविधिप्रति सचेत रहनुपर्ने दिन हो। फलाम, कोइला वा पेट्रोलियमसम्बन्धी कारोबारमा विशेष फाइदा देखिन्छ। भाग्यबल : १००% | शुभअङ्क : १ | शुभ रङ : सेतो/घिउरङ | दिशा : दक्षिण
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शान्त स्वभाव र स्थिर मनोदशाले वातावरण सकारात्मक बन्नेछ। उच्चपदस्थ अधिकारी वा मान्यजनको प्रशंसा पाउने सम्भावना छ। पारिवारिक तथा सामाजिक व्यस्तताले समय खाँचो परे पनि प्रेम जीवन मनोहर बन्ने देखिन्छ। भाग्यबल : ९५% | शुभअङ्क : ९ | शुभ रङ : घिउरङ | दिशा : पूर्व
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) यन्त्र वा उपकरण चलाउँदा सावधानी आवश्यक छ। चिडचिडेपन र तनाव बढ्न सक्ने समय भएकाले विवादबाट टाढा बस्न सुझाइएको छ। अनपेक्षित धनलाभको योग भने बलियो छ। भाग्यबल : ५% | शुभअङ्क : ८ | शुभ रङ : सेतो/पहेंलो | दिशा : उत्तर
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अत्यधिक व्यस्तता बीच पनि पारिवारिक जीवनमा सन्तुलन राख्नुपर्ने दिन। मनोरञ्जन र खानपिनमा रुचि बढ्नेछ। गुरुवर्गको भरोसा प्राप्त हुने समय हो, लक्ष्यप्रति सचेत रहनुपर्ने सुझाव दिइएको छ।भाग्यबल : ६५% | शुभअङ्क : ७ | शुभ रङ : रातो | दिशा : पश्चिम
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) खेलकुद, स्वास्थ्य र सरसफाइसम्बन्धी व्यवसायमा राम्रो प्रगति देखिन्छ। झैझगडाबाट टाढा रहनुपर्छ। प्रतिस्पर्धा नजिकिएकाले अध्ययन–मिहिनेतमा ध्यान केन्द्रित गर्नुपर्ने समय हो। भाग्यबल : १००% | शुभअङ्क : ६ | शुभ रङ : सेतो | दिशा : दक्षिण
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सीपमूलक ज्ञानबाट फाइदा हुने दिन। घरपरिवारमा माङ्गलिक कार्य वा पूजाआदिको सम्भावना छ। प्रेम र भावनात्मक आकर्षण बलियो रहनेछ। भाग्यबल : ७०% | शुभअङ्क : ५ | शुभ रङ : सेतो | दिशा : पूर्व














