काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता र...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

आजको राशिफलः २०८२ मङ्सिर २० गते शनिवार, २०२५ डिसेम्बर ०६ तारिख

1.86K
shares

वि.सं. २०८२ मङ्सिर २० गते शनिवारका लागि तयार गरिएको पञ्चाङ्ग अनुसार आजका खगोलीय गणनामा विभिन्न शुभ–अशुभ योग, नक्षत्र र मुहूर्तका विवरण उल्लेख गरिएका छन्।सिद्धार्थ नामक संवत्सर चलिरहेको आज सूर्य दक्षिणायनमा रहेका छन् भने हेमन्त ऋतुको प्रभाव जारी छ। कलिगत ५१२६, शाके १९४७, नेपाल संवत् ११४६, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१ तथा हिजरी संवत १४४७ अनुसार पनि आजको तिथि गणना मिल्दछ।काठमाण्डौमा आज सूर्योदय बिहान ०६:४२ बजे र सूर्यास्त साँझ ०५:०७ बजे हुनेछ। चन्द्रमा मिथुन राशिमा रहने आज पौष कृष्णपक्ष (थिल्लागा) की द्वितीया तिथि मध्यरात्री १२:५७ बजेसम्म रहनेछ, त्यसपछि तृतीया तिथि लाग्नेछ।मृगशिरा नक्षत्र दिउँसो १२:०३ बजेसम्म रहनेछ भने त्यसपछि आर्द्रा नक्षत्र लाग्नेछ। बिहान ०७:१३ बजेसम्म साध्य योग, त्यसपछि भोलि बिहान ०४:१८ बजेसम्म शुभ योग र अन्तिममा शुक्ल योग टुट्नेछ। करणमा आज सुरुमा तैतिल करण दिउँसो ०२:०० बजेसम्म, त्यसपछि गर करण मध्यरात्री १२:५७ बजेसम्म र अन्त्यमा वणिज करण रहनेछ।आनन्दादि योगमा वज्र, चन्द्रवर्ण पहेंलो, चन्द्रदिशा पश्चिम तथा योगिनीदिशा उत्तर रहेको छ। वारशूल पूर्व दिशामा पर्ने आज अग्नि वाण साँझ ०६:२३ बजेसम्म रहने जनाइएको छ। कालराहु चक्र अनुसार कालको दिशा पूर्व र पाशको दिशा पश्चिम रहनेछ।आज द्विवपुष्कर योग दिउँसो १२:०३ बजेसम्म रहेको छ, जसलाई लाभदायक मानिन्छ।विवाह,गृहारम्भ (घरको जग राख्ने)पसल थाप्ने (दोकान स्थापना)खगोलीय गणनाअनुसार यी कार्यका लागि आजको दिन शुभ मानिएको पञ्चाङ्गकारहरूले जनाएका छन्।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईं अरूका लागि दगुर्ने दिन हो। सहयोग गर्दै जाँदा आफ्ना काम–पढाइ असर पर्न सक्छ, तर मनले ठूलो सन्तुष्टि पाउनेछ।परिवार–छिमेकीसँग समय बिताउने अवसर मिल्नेछ। आध्यात्मिक झुकाव बढ्ने र मन्दिर–स्मारक भ्रमणबाट मन शान्त हुने सम्भावना छ। सहकर्मीको भाव बुझेर काम गरे पुरानो समस्या मिल्न सक्छ।भाग्यबल: 100%  शुभ अंक: 3 शुभ रङ: गुलाबी/सिन्दुरे दिशा: पश्चिम, मन्त्र: ॐ वायुपुत्राय नमः (२१ पटक)

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यक्तिगत खुशीका लागि खर्च बढ्ने संकेत छ।आवश्यकता परे पार्टनरले साथ दिनेछन्। तर आज व्यापारमा घाटा वा धन हराउने सम्भावना, त्यसैले सतर्क भएर अघि बढ्नु राम्रो। सामूहिक कार्यक्रम र क्लब गतिविधिबाट नयाँ सोच जन्मिनेछ। भाग्यबल: 30% शुभ अंक: 2 शुभ रङ: सेतो दिशा: दक्षिण,मन्त्र: ॐ सर्वकामप्रदायै नमः (११ पटक)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) परिवार र पार्टनरको साथ–सहयोग आरामले मिल्ने दिन।प्रयासले उपलब्धि पाउने सम्भावना बलियो छ। उच्च शिक्षा, अनुसन्धान वा करियर अपग्रेड गर्न चाहनेका लागि ऊर्जा बढ्ने समय। तर हठिलोपनले झमेला ल्याउन सक्छ। भाग्यबल: 40% शुभ अंक:1शुभ रङ: हरियो  दिशा: पूर्व, मन्त्र: ॐ ऐं श्रीं श्रीं बुधाय नमः (८ पटक)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सिनियर वा क्लायण्टसँग बहस–विवाद नगरेकै राम्रो। भित्री कुरा गलत साथीलाई बताए अफवाह फैलिन सक्छ। स्वास्थ्य कमजोर बन्ने, खर्च पनि बढ्ने संकेत। प्रेम–सम्बन्ध भने मधुर रहनेछ। भाग्यबल: 0% शुभ अंक: 3 शुभ रङ: नीलो/कालो,दिशा: उत्तर, मन्त्र: ॐ मन्दचेष्टाय नमः (२३ पटक)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरजग्गा–सम्बन्धी काममा राम्रो डिल हुन सक्छ। सहयोगीमा मात्र भर परेर बस्नुभएन भने सफलता पक्का। संस्कार–संस्कृतिकै कुरा सिकाउन मन लाग्नेछ। कुनै विशेष काममा सफलता हात पर्ने दिन।भाग्यबल: 70%शुभ अंक:2,शुभरङ: नीलो/कालो,दिशा: पश्चिम,मन्त्र: ॐ छायापुत्राय नमः (२३ पटक)

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दाम्पत्य जीवन राम्रो, तर घरपरिवारको जिम्मेबारी बढ्ने दिन। परीक्षा/अन्तर्वार्ता नजिक छ भने मेहनत मात्र समाधान। व्यक्तित्व चम्कने, प्रतिष्ठा बढ्ने अवसर पनि आउँछ। भाग्यबल: 80%शुभ अंक: 1,शुभ रङ: नीलो/कालो,दिशा: दक्षिण मन्त्र: ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः (२३ पटक)

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पार्टनरको सिर्जनात्मकता तपाईंका लागि प्रेरणा बन्नेछ। कामको दडबले तनाव हुन सक्छ, तर रोम्यान्टिक समय निकाल्न सके ऊर्जा फर्किन्छ। आकस्मिक लाभ, चिट्ठा–लटरी जस्ता पक्षमा भाग्य बलियो। भाग्यबल: 30%शुभ अंक: 9, शुभ रङ: हरियो, दिशा: पूर्व मन्त्र: ॐ रोहिणीपुत्राय नमः (८ पटक)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रहस्य ज्ञान,अनुसन्धान, खोजबुझमा सक्रिय दिन।तर नकारात्मक भावना बारम्बार आउन सक्छ।आर्थिक जोखिमउच्च लगानी,कागजपत्र,सम्झौतामा विशेष ध्यान। भाग्यबल: 35% | शुभ अंक: 8|शुभ रङ: नीलो/कालो |दिशा: उत्तर,मन्त्र:ॐशं शनैश्चरायनमः(२३ पटक)

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) व्यक्तित्व चम्किने, मन लोभ्याउने समय। तर अत्यधिक आत्मकेन्द्रित नबन्नुहोस्। पेसागत उपलब्धि, प्रेम र पारिवारिक सन्तुलन दुवैमा ध्यान दिनुपर्ने दिन। भाग्यबल: 75% | शुभ अंक: 7 | शुभ रङ: रातो | दिशा: पश्चि, मन्त्र: ॐ कामाक्षीदेव्यै नमः (९ पटक)

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) स्वास्थ्यमा मौसमको असर। आफन्तसँग सानोठूलो विवाद सम्भव।तर काठपात,ढुवानी,मेशिनरी,कन्स्ट्रक्सन व्यवसायमा लाभ।क्रोधनियन्त्रणमा राखे राम्रोनतिजा मिल्छ।भाग्यबल: 90% शुभ अंक:6,शुभ रङ:ध्वाँसे/कालो,दिशा:दक्षिण,मन्त्र:ॐशंसूर्यात्मजायनमः(२३ पटक)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मानसिक रूपमा दबाब, तर आत्मविश्वास बढेपछि ऊर्जा फर्किन्छ।शिक्षाक्षेत्र वा सुनचाँदी,आर्थिक कारोबारसँग सम्बन्धित काममा फाइदा। मन भावनात्मक रूपमा चञ्चल हुने सम्भावना। भाग्यबल: 85% शुभ अंक: 5, शुभ रङ: सेतो, दिशा: पूर्व, मन्त्र: ॐ भानुपुत्राय नमः (२३ पटक)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) घरेलु–भावनात्मक विषयमा ध्यान जाने दिन। निर्णय क्षमतामा कमी, त्यसैले अभिभावक वा नजिकका मानिसको सुझाव उपयोगी हुन्छ। सम्बन्धमा साना–साना विवाद सम्भव। कुरा नलुकाउनु नै राम्रो। भाग्यबल: 0% शुभ अंक: 4, शुभ रङ: सिम्रिक रातो, दिशा: उत्तर, मन्त्र: ॐ चामुण्डाभगवत्यै नमः (९ पटक)