काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

भदौको जेनजी प्रदर्शन: १सय६९ जना घाइतेको प्रशासनद्वारा औपचारिक वर्गीकरण

1.33K
shares

काठमाडौँ । भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी (Gen-Z) प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको विस्तृत वर्गीकरण कार्य सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजसम्म प्राप्त कुल १६९ जनाको विवरण औपचारिक रूपमा वर्गीकरण गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रवक्ता मुक्तिराम रिजालका अनुसार घाइतेहरूको वर्गीकरण प्रक्रिया मङ्सिर ५ र १२ गते दुई चरणमा पूरा गरिएको हो। समन्वित चिकित्सकीय मूल्यांकनपछि घाइतेहरूलाई चार समूहमा वर्गीकरण गरिएको छ। कार्यालयले उपलब्ध गराएको वर्गीकरण अनुसार— अतिगम्भीर घाइते : १५ जना, गम्भीर घाइते : ५१ जना, मध्यम घाइते : ३६ जना ,सामान्य घाइते : ६७ जना रहेका छन् ।रिजालका अनुसार कार्यालयमा उपस्थित हुन नसक्ने असक्त तथा गम्भीर अवस्थाका व्यक्तिहरूको अस्पतालमै गएर प्रत्यक्ष मूल्यांकन गरिएको थियो। त्यस्तै, कार्यालयसम्म आउन कठिन हुने घाइतेहरूलाई एम्बुलेन्समार्फत ल्याएर वर्गीकरण प्रक्रिया सहज बनाइएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ का आधारमा हालसम्म १६९ जनाको वर्गीकरण पूरा गरेको हो।प्रशासन कार्यालयले वर्गीकृत सूचीलाई अब स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस पठाउने तयारी गरेको छ। मन्त्रालयले सोही विवरणका आधारमा घाइतेहरूलाई आवश्यक सेवा–सुविधा, उपचार सहयोग र सामाजिक सुरक्षा व्यवस्थापन गर्ने जनाएको छ।जेनजी प्रदर्शनका लागि सुरुवातमै प्रशासन कार्यालयले ३१५ जनालाई अनुमतिपत्र प्रदान गरेको थियो। प्रदर्शनका क्रममा विभिन्न तहका चोटपटक भोग्नुपरेको प्रशासनले जनाएको छ।