ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को नयाँ वडा कार्यालय उद्घाटन तथा जेष्ठ...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको राशिफल विस २०८२ असोज ५ गते आइतबार ई.सं. २०२५ सेप्टेम्बर २१

3.17K
shares

आजको पञ्चाङ्गः

 वि.सं.२०८२ साल आश्विन ५ गते । आइतबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–औंशी, ४६ घडी १३ पला, रातको  १२ बजेर २१ मिनेट उप्रान्त प्रतिपदा ।

नक्षत्र–पूर्वाफाल्गुनी, १० घडी ३९ पला, बिहान १० बजेर ८ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–शुभ, ३८ घडी ४५ पला, बेलुकी ९ बजेर २२ मिनेट उप्रान्त शुक्ल । करण–चतुष्पद, मध्यान्ह १२ बजेर २ मिनेट उप्रान्त नाग, रातको १२ बजेर २१ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–सिंह, बेलुकी ४ बजेर २५ मिनेट उप्रान्त कन्या । औंशीश्राद्ध । पितृबिसर्जन । त्यस्तै आज विश्व शान्ति दिवस र विश्व अल्जाइमर्स दिवस परेको छ

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५९ मिनेट । दिनमान ३० घडी २० पला ।आज जन्म लिने बच्चा सिहं राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तील घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर २८ मिनेट देखि १० बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 आजको राशीफलः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट नयाँ जिम्मेवारी मिल्नेछ। आफ्नो क्षमतामाथि विश्वास राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। सानो प्रयासले जीवनशैलिमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ लगानीको लागि उपयुक्त समय रहेको छ। धार्मिक गतिविधिहरुमा संलग्न भइएला। जग्गा जमिनलाई लिएर चलिरहेको विवाद सुल्झिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भावनात्मक सम्बन्धमा मधुरता आउनेछ। व्यवसायमा लामो समयदेखि चलिरहेको विवाद सुल्झिनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निजी सम्बन्धमा बाहिरको हस्तक्षेपले समस्या निम्त्याउन सक्छ सावधान रहनुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कारोबारमा विस्तारवादी योजनाले लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा एउटा कार्य सम्पादन गरेर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। सहयोगीहरूको सहयोग जुट्नाले नसोचेको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। विद्यार्थी वर्गहरूको रचनात्मक र कलात्मक क्षेत्रमा विकास हुनेछ। संगीतको क्षेत्रमा विशेष उन्नति मिल्नेछ। पुरुषार्थले कार्यमा सफलता दिलाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साहस र पराक्रममा वृद्धि हुनेछ। नयाँ नोकरीको लागि इन्टरभ्यु आदिमा सफलता मिल्नेछ। पारिवारिक मेलजोलमा समय बित्नेछ। धर्मकर्मतिर रुचि बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा अर्काको जिम्मेवारी बहन गर्नुपर्ला। व्यापार व्यवसायमा पैसाको लेनदेनमा धोखा मिल्न सक्छ सचेत रहनुहोस्। स्वास्थ्यमा खानपानलाई लिएर ध्यान दिनुहोला। व्यवहारमा सादगी र परोपकारको भावना लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा मित्रको सहयोगले अप्ठ्यारा काम पनि सजिलै सम्पादन हुनेछन्। अर्कालाई सोधेभन्दा धेरै सल्लाह नदिनुहोला। व्यवसायमा लगानी थप्नुपर्ने परिस्थिति आउन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा उच्च अधिकारीबाट नयाँ जिम्मेवारी पाइनेछ। कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। शेयर बाजारको लगानीबाट लाभ मिल्ला। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक संघ संस्थामा सम्मेलन हुने अवसर प्राप्त हुनेछ। आर्थिक कारोबारमा लाभ रहनेछ। व्यापार व्यवसायलाई लिएर दीर्घकालीन निर्णयहरु लिन सकिनेछ। कार्यक्षेत्रमा माननीयजनहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।