काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

गौरीघाट–गुह्येश्वरी क्षेत्रमा वाग्मती नदीको सतर्कता तह पार, बाढीको सम्भावनामा विभागको चेतावनी

9.31K
shares

काठमाडौँ, २५ असार  – काठमाडौँ उपत्यकामा लगातारको वर्षापछि वाग्मती नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। विशेषगरी गौरीघाट र गुह्येश्वरी क्षेत्रमा पानीको सतह उच्च भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका इञ्जिनीयर आशिष भट्टका अनुसार मंगलबार राति १२ बजेदेखि लगातार परेको झरीका कारण नदीमा पानीको मात्रा तीव्र रुपमा बढेको हो। गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती र जोरपाटी क्षेत्रमा जोखिम बढेकाले त्यहाँका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ। सम्बन्धित क्षेत्रका मोबाइलमा बाढीसम्बन्धी सतर्कता सन्देशसमेत पठाइएको छ।

त्यस्तै, रुद्रमती (धोबीखोला) नदीको कपन क्षेत्रमा पनि जलसतह सतर्कता सीमामा पुग्न लागेकाले विशेष सतर्क रहन महाशाखाले चेतावनी दिएको छ।राजधानीका अधिकांश क्षेत्रमा रातिदेखि नै करिब २५ मिलिमिटर प्रति घण्टाको दरले झरी भइरहेको हुँदा, विभागले सम्भावित बाढी तथा डुबानको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।