काठमाडौं। संसद् अधिवेशन स्थगित गर्दै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश अघि बढाएपछि देशको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रतिनिधिसभाको बैठकवाट नागरिकता बिधेयक पारित गरिदैँ

2.85K
shares

काठमाडौं, ६ चैत । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा सभामुख देबराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्वबिधालय बिधेयक, २०८१’को सम्बन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिनेछ ।

गृह मन्त्री रमेश लेखकले ‘सशष्त्र प्रहरी बल, नेपाल बिधेयक, २०८१ लाइ दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथीको दफावार छलफल सदनमा गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । र, उक्त बिधेयक माथी प्राप्त संसोधनहरूलाइ निर्णयार्थ प्रस्तुत गरिनेछ ।साथै, सो बिधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।