काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४११ जनाको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

भोटेकोशी बाढी अपडेट : १ हजार ४०९ जनाको शव फेला

बेपत्ता ४ हजार ८९ जनाको खोजी जारी, १ हजार २३७ शव व्यवस्थापन

416
shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ बजेसम्म १ हजार ४०९ जनाको शव फेला परेको छ।नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये विभिन्न जिल्लामा १ हजार ४०७ जनाको शव भेटिएको छ भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो।

जिल्लागत विवरणअनुसार रसुवामा १९९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३७ वटा शव व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवहरू सुरक्षित रूपमा माटोमुनि राखिएको जनाइएको छ।शव पहिचानका लागि मृतकका १ हजार २८६ जना तथा आफन्तका १ हजार ९१४ जनासहित कुल ३ हजार २०० वटा डीएनए नमुना सङ्कलन गरिएको छ।

पहिचान हुन बाँकी १ हजार ३६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। आफन्त तथा सम्बन्धित व्यक्तिहरूले उक्त विवरणका आधारमा शव पहिचान प्रक्रियामा सहयोग गर्न सक्नेछन्।बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन तथा अन्य आवश्यक कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।प्रहरीका अनुसार बाढीपछि बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य अझै जारी छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।

यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हालसम्म १ हजार ९७९ जना व्यक्तिलाई राखिएको छ।बाढीबाट प्रभावित तथा विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राखी आवश्यक राहत, उपचार, समन्वय तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायले काम गरिरहेका छन्।भोटेकोशी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बेपत्ता नागरिकको खोजी, शव पहिचान तथा व्यवस्थापन र प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापना गर्ने कार्य अझै चुनौतीपूर्ण रहेको छ।