काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता

बुधबार बिहान ५ बजेसम्म १ हजार ४५४ जनाको शव फेला, १ हजार ३३४ शव व्यवस्थापन; ७ हजार ९७५ प्रहरी खोज तथा उद्धारमा परिचालित

897
shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म १ हजार ४५४ जनाको शव फेला परेको छ ।फेला परेका शवमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । यसबाहेक काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ ।

फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ वटा शव व्यवस्थापन गरिएको छ । पहिचानका लागि शवहरूलाई सुरक्षित रूपमा माटोमुनि राखिएको जनाइएको छ ।शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३९६ वटा डीएनए नमुना संकलन गरिएको छ ।

त्यस्तै, पहिचान हुन नसकेका १ हजार ४२१ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य जारी रहेको छ । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा १ हजार २३४ जना व्यक्तिलाई राखिएको छ ।