काठमाडौँ । आश्विन शुक्ल एकादशी अर्थात् टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट दसैँको टीका,...

पुरा पढ्नुहाेस्

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत अवरुद्ध, काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

त्रिशूली करिडोरबाट विद्युत आपूर्ति रोकिएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप, वैकल्पिक आपूर्तिका लागि भूमिगत ग्रिड निर्माणमा जोड

650
shares

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको छ।विद्युत आपूर्ति प्रभावित भएपछि सरकारले काठमाडौंको हिउँदे माग व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था अघि बढाएको छ।बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत आपूर्तिरोकिएपछि ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढाएको हो ।

भोटेकोशी बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत आपूर्ति रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढाएको हो ।भोटेकोशी बाढीका कारण त्रिशूली करिडोरबाट विद्युत आपूर्ति अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ ।वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अघि बढाएको मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए।उनका अनुसार नेपाल विद्युत प्राधिकरणले हिउँदमा विद्युतको माग व्यवस्थापनका लागि टास्क फोर्स बनाएर काम गरिरहेको छ ।

मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माणका विषयमा छलफल गरेको छ । नेपाल विद्युत प्राधिकरणले हिउँदको वैकल्पिक विद्युत व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माणको काम अघि बढाएको हो ।कतिपय स्थानमा भूमिगत वैकल्पिक विद्युत ग्रिडको विश्वसनीयता कायम गर्न तथा थप भूमिगत ग्रिड निर्माणका लागि सडक विभाग र काठमाडौं महानगरपालिकासँग निश्चित कार्यतालिकासहित सहकार्य गर्ने विषयमा छलफल भएको प्रवक्ता शाक्यले बताए । छलफलमा सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुबोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले पनि फुटपाथभित्र भूमिगत तार व्यवस्थापन गर्दै आवश्यक सहकार्य गर्ने बताए ।नेपाल विद्युत प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौं उपत्यकाभित्र भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै वितरण तथा ग्राहक सेवा निर्देशनालयको हिउँदे माग व्यवस्थापनको आवश्यकताअनुसार सघन सहकार्य गर्ने बताए।छलफलमा काठमाडौंको लोड व्यवस्थापन तथा आवश्यक कार्यका विषयमा बागमती वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मुनिन्द्र ठाकुरले प्रस्तुतीकरण गरेका थिए ।उनले नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएर हिउँदे विद्युत माग व्यवस्थापनको काम अघि बढाइरहेको जानकारी दिए