काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी जय नेपाल पार्टी गठन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

खुद ब्याज आम्दानी घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा दबाब, खराब कर्जा अनुपात ४.०७ प्रतिशत पुग्यो

728
shares

काठमाडौं, २१ साउन । खुद ब्याज आम्दानीमा आएको कमी र कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्जमा उल्लेख्य वृद्धि भएपछि  कृषि विकास बैंक लिमिटेड को नाफा घटेको छ।

बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ७३ करोड रुपैयाँको तुलनामा २९.५२ प्रतिशतले कम हो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, खुद सञ्चालन आम्दानी १० अर्ब ४ करोड रुपैयाँ तथा सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ।

बैंकको नाफामा दबाब सिर्जना गर्ने प्रमुख कारणमध्ये इम्पेयरमेन्ट चार्जमा भएको वृद्धि देखिएको छ। समीक्षा अवधिमा सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि बैंकले १ अर्ब १७ करोड ९० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्टाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ६३ करोड रुपैयाँ मात्रै रहेको थियो।

यद्यपि निक्षेप तथा कर्जा विस्तार भने सकारात्मक रहेको छ। बैंकको कुल निक्षेप एक वर्षमा २ खर्ब ९३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह २ खर्ब १२ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।तर, बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ३.४४ प्रतिशत रहेको एनपीएल समीक्षा अवधिमा ४.०७ प्रतिशत पुगेको छ। खराब कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्थापनका लागि थप प्रबन्ध गर्नुपरेको बैंकको वित्तीय विवरणले देखाएको छ।

बैंकको वितरणयोग्य मुनाफा पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८१ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा १ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ। यसले बैंकको लाभांश वितरण क्षमतामा प्रत्यक्ष असर परेको छ।खुद नाफा र वितरणयोग्य मुनाफा दुवैमा आएको गिरावटसँगै बैंकको लाभांश क्षमता १७.९८ प्रतिशतबाट घटेर ६.५४ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,८९३.६१ रुपैयाँ तथा तरलता अनुपात ३७.४५ प्रतिशत कायम रहेको बैंकले जनाएको छ।