रोल्पामा ४.४ म्याग्निच्युडको भूकम्प
इरीवाङ आसपास केन्द्रबिन्दु, बिहान ३:०७ बजे गएको धक्का आसपासका जिल्लामा पनि महसुस
वि.सं.२०८३ साउन १८ सोमवार ०८:०१
shares

काठमाडौं,१८ साउन । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेट जाँदा स्थानीय म्याग्निच्युड ४.४ को भूकम्प गएको हो।केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु रोल्पाको इरीवाङ आसपास रहेको थियो। भूकम्पको धक्का रोल्पासहित आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ।हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले अवस्था निगरानी गरिरहेको जनाएको छ।















