आजको राशिफलः बिसं २०८३ साउन १८ गते सोमवार, ई सं २०२६ अगस्त ३ तारिख
आज उत्तरभद्रा नक्षत्र, सुकर्मा योग र कौलब करणको शुभ संयोग। महत्वपूर्ण कार्यका लागि बिहान ६:१५ देखि ९:०४ बजेसम्मको समय शुभ मानिएको छ।
वि.सं.२०८३ साउन १८ सोमवार ०७:३९
shares

काठमाडौं । आज वि.सं. २०८३ साल साउन १८ गते सोमबार (ईस्वी सन् २०२६ अगस्त ३) श्रावण कृष्ण पक्षको पञ्चमी तिथि परेको छ। आज उत्तरभद्रा नक्षत्र, सुकर्मा योग तथा कौलब करण रहेको छ। चन्द्रमा मीन राशीमा र सूर्य कर्कट राशीमा रहेका छन्।आज नेपालमा सूर्योदय बिहान ५ः२८ बजे र सूर्यास्त साँझ ६ः५० बजे हुनेछ।
ज्योतिषीय मान्यताअनुसार आज कुनै महत्वपूर्ण कार्यका लागि घरबाट निस्कनुपर्दा ल्वाङ चपाएर यात्रा सुरु गरे शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। आज शुभ कार्यको आरम्भ वा यात्राका लागि बिहान ६ः१५ बजेदेखि ९ः०४ बजेसम्मको समय विशेष शुभ रहेको छ।














