काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४११ जनाको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

आज प्रतिनिधिसभाको बैठक बस्दै, तीन आयोगका वार्षिक प्रतिवेदन प्रस्तुत हुने

अर्थसम्बन्धी विधेयक पेश हुने, नेपाल विशेष सेवा ऐन र राष्ट्रिय सेवा दल विधेयक समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गरिने

1.79K
shares

काठमाडौं, ३० असार ।संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

बैठकसंघीय संसद भवन, सिंहदरबारमाबिहान ११:०० बजेसुरु हुने कार्यसूची रहेको छ।बैठकमाप्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाटकानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीनवटा वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गर्नेछिन्।

प्रस्तुत गरिने प्रतिवेदनमान्याय परिषद्को वार्षिक प्रतिवेदन,न्याय सेवाआयोगको वार्षिक प्रतिवेदनरलोक सेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदनरहेका छन्।त्यसैगरी,अर्थमन्त्री स्वर्णिम वाग्लेले‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’तथा‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सभामा प्रस्तुत गर्नेछिन्।