विराटनगर, साउन ११ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको मौसमः देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

मनसुन सक्रिय बन्दै, आगामी दिनमा भारीदेखि धेरै भारी वर्षाको जोखिम बढ्ने भन्दै मौसम विभागको सतर्कता अपनाउन आग्रह।

871
shares

काठमाडौं, २७ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ। आगामी केही दिनमा यो क्रमशः नेपाल नजिकिँदै जाने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ।हाल देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भू–भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराईका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा अन्य पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनीका पहाडी क्षेत्र तथा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले आगामी दिनमा मनसुन अझ सक्रिय भई देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। यसबाट बाढी,पहिरो,डुबान तथा अन्य मनसुनजन्य विपद्का घटना बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र विभागका पछिल्ला सूचना नियमित रूपमा अनुसरण गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।