‘दाइ, मेरो गल्ती थिएन’ भन्दै गणेश नेपालीको अन्तिम संवाद, उपचारकै क्रममा निधन
वीर अस्पतालमा उपचारका क्रममा निधन, अन्तिम अवस्थामा पनि ह्वील लक र ट्राफिक कारबाहीबारे बोलेका थिए गणेश
वि.सं.२०८३ असार २६ शुक्रवार १६:२६
shares

काठमाडौं, २६ असार । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। निधनपछि उनका दाइ मदन नेपालीले भाइसँग अस्पतालमा भएको अन्तिम संवाद सार्वजनिक गर्दै भावुक बने।
वीर अस्पतालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मदन नेपालीले गणेशले अन्तिम अवस्थामा पनि आफू निर्दोष रहेको बताउँदै पटक पटक ‘दाइ, मेरो गल्ती थिएन’ भनेको जानकारी दिए।मदनका अनुसार घटनाको अघिल्लो दिन गणेश आफ्नी श्रीमतीसँग उनको कोठामा आएका थिए। साँझ करिब ९ बजेतिर बाहिर निस्किएर फर्किएपछि उनले खसीको खुट्टा ल्याई पकाइदिन आग्रह गरेका थिए।उसले दाइ उठ्नुस् न बनाइदिनुस् भन्यो। मैले भोलि बनाऔँला भनेँ। त्यसपछि त्यही भात खाएर सुत्यो, उनले सम्झिए।घटनाको दिन बिहान आफूले बाइकको किस्ता बुझाउने समय नजिकिएकाले पठाओ चलाउन जान सुझाव दिएको मदनले बताए।
मैले बिहान भनेँ गणेश उज्यालो भयो। पर्सि बाइकको किस्ता बुझाउने दिन आइसक्यो, पठाओ गर्न जाऊ। त्यसपछि ऊ उठेर बाइक निकाल्यो। छिमेकीलाई असर नहोस् भनेर बाइक बाहिर लगेर स्टार्ट गरेको थियो उनले भने।बिहान घरबाट निस्किएका गणेश दिउँसोसम्म पनि घर नफर्किएपछि आफू चिन्तित भएको र त्यसपछि प्रहरीको फोनबाट घटनाबारे जानकारी पाएको उनले बताए। दिउँसो करिब साढे २ बजे प्रहरीको नम्बरबाट फोन आयो। तपाईंको मान्छेले पेट्रोल छर्केर घटना गर्नुभएको रहेछ, वीर अस्पताल आउनुस् भन्नुभयो। म तीन बजेतिर अस्पताल पुगेँ, उनले भने।अस्पतालमा भेट्दा गणेशको अवस्था निकै गम्भीर रहेको र बोल्नसमेत कठिन भइरहेको उनले बताए।उसले दाइ, बाबा मम्मीलाई राम्रोसँग हेर्नुस् भनिरह्यो। त्यसपछि दुई पटक दाइ, मेरो गल्ती थिएन” भन्यो,’ मदनले भावुक हुँदै सुनाए।
मदनका अनुसार गणेशले आफ्नो गल्ती नभएको भन्दै ह्वील लक लगाइएको र त्यसक्रममा ट्राफिक कारबाही भएको विषय उल्लेख गरेका थिए।मैले के भएको हो भनेर सोधेँ। उसले मेरो गल्ती थिएन, ह्वील लक लगाइयो, त्यही क्रममा ट्राफिक आएर यस्तो अवस्था भयो भन्यो। त्यसपछि उसको बोली बन्द भयो, उनले बताए।गम्भीर अवस्थामा उपचाररत गणेश नेपालीको वीर अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।















