नयाँ दिल्ली, ३० असार । भारतमा रेलका वातानुकूलित (एसी) डिब्बामा यात्रुका लागि उपलब्ध गराइने...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

अर्जेन्टिना नकआउट चरणमा प्रवेश, लियोनेल मेस्सी बने विश्वकपका सर्वाधिक रेकर्डधारी खेलाडी

केप भर्डेमाथि ३–२ को कठिन जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान सुरक्षित गर्दा कप्तान लियोनेल मेस्सीले खेल संख्या, गोल र लगातार गोलसहित पाँच ऐतिहासिक विश्वकप कीर्तिमान आफ्नो नाममा लेखाए।

975
shares

काठमाडौं, २० असार । अर्जेन्टिनाले विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा कप्तान लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि सुरुआती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। केप भर्डेले दुई पटक खेल बराबरीमा फर्काए पनि अतिरिक्त समयको १सय११औँ मिनेटमा आएको आत्मघाती गोल अर्जेन्टिनाको जितको आधार बन्यो।

यस जितसँगै मेस्सीले विश्वकप इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि पनि आफ्नो नाममा लेखाएका छन्। उनले विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या २० पुर्‍याउँदै उक्त कीर्तिमानलाई थप मजबुत बनाएका छन्।

यस्तै, केप भर्डेविरुद्धको खेलमा ‘म्यान अफ द म्याच’ घोषित भएपछि मेस्सीले विश्वकपमा १२औँ पटक यो अवार्ड जित्ने कीर्तिमान कायम गरेका छन्। यससँगै उनले ब्राजिलका महान् फुटबलर पेले र फ्रान्सका स्टार किलियन एम्बाप्पेलाई उछिन्दै विश्वकप इतिहासमा सर्वाधिक ‘म्यान अफ द म्याच’ जित्ने खेलाडी बनेका छन्।

साविक विश्वविजेता अर्जेन्टिनाले कठिन जितसँगै नकआउट चरणमा प्रवेश गरेको छ। विश्वकप उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको अर्जेन्टिनाका लागि ३९ वर्षीय कप्तान मेस्सीले निर्णायक भूमिका निर्वाह गर्दै टोलीलाई अर्को चरणसम्म पुर्‍याएका हुन्।