काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

काठमाडौंमा आज घोडेजात्रा पर्व धूमधामका साथ मनाइँदै

टुँडिखेलमा नेपाली सेनाको विशेष प्रदर्शन, परम्परा र सांस्कृतिक विश्वासको झल्को

1.38K
shares

काठमाडौं : परम्परागत तथा ऐतिहासिक महत्त्व बोकेको घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा विविध कार्यक्रमसहित मनाइँदै छ। प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने यस पर्वका अवसरमा नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष प्रदर्शनको तयारी गरेको छ।

आज अपराह्न हुने कार्यक्रममा अश्वकला प्रदर्शन, मोटरसाइकल स्टन्ट, शारीरिक व्यायाम तथा विभिन्न युद्धकला समेटिएका आकर्षक प्रस्तुति देखाइनेछ। यसले घोडेजात्रालाई सांस्कृतिक मात्र नभई सैनिक कौशल प्रदर्शनको महत्वपूर्ण अवसरका रूपमा पनि स्थापित गरेको छ।लोकविश्वास अनुसार, टुँडिखेल आसपास क्षेत्रमा बसोबास गर्ने ‘गुरुमापा’ नामक राक्षसले बालबालिकालाई दुःख दिने गर्थ्यो। त्यसपछि उसलाई घोडाको टापले कुल्चेर तर्साउने परम्पराबाट यो जात्राको सुरुआत भएको मानिन्छ। अहिले पनि सोही विश्वासलाई निरन्तरता दिँदै यो पर्व हर्षोल्लासका साथ मनाइँदै आएको छ।