काठमाडौं, १२ साउन । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। बैठक मंगलबार बिहान ११ः१५...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको राशीफलः २०८२ चैत ४ गते बुधबार, इस्वीसंवत २०२६ मार्च १७ तारिख

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।। ॐ शान्तिः शान्तिः शान्तिः ।।

1.98K
shares

आजको पञ्चाङ्गः मिति २०८२ चैत ४ गते बुधबार, इस्वीसंवत मार्च १७ तारिख सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको चतुर्दशी तिथि बिहानमा ७ः५८ बजेसम्म त्यसपछि अमावाश्य तिथि लाग्नेछ। नक्षत्रमा पूर्वाभाद्रपदा भोलि बिहानमा ५ः४३ बजेसम्म त्यसपछि उत्तरभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा साध्य ० घटि ८ पलासम्म त्यसपछि शुभ योग लाग्नेछ । करणमा चतुष्पद रहनेछ । आनन्दादि योगमा पद्य रहनेछ ।सूर्य मीन राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान ३० घटि ०२ पला अर्थात ११ घण्टा ५९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः१२ बजे तरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः१२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ५ः३४ बजे र अस्ताउने समय साँझमा ५ः३७ बजे रहेको छ । आज घोडेजात्रा पर्व रहेको छ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्र र व्यापार व्यवसायमा प्रगति हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू आउनेछन् तर निर्णय सोच विचार गरेर गर्नुहोला। आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनलाभका नयाँ अवसरहरू मिल्नेछन्। परिवारसँग राम्रो सम्बन्ध बनाउन सकिनेछ। वैदेशिक यात्राको सम्बन्धमा सकारात्मक संकेत देखिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा कामको जिम्मेवारी बढ्नेछ। परिवारमा सानो कुरालाई लिएर केही तनाव बढ्ला सावधान रहनुहोस्। आर्थिक क्षेत्रमा क्रमशः सुधार आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै कुरालाई लिएर मानसिक चिन्ता बढ्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा आफन्तहरुबाट भनेजस्तो साथनमिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी व्यापारमा लाभ मिल्नेछ। वैवाहिक जीवनमा सुमधुर सम्बन्ध स्थापित हुनेछ। नेतृत्व क्षमतामा वृद्धि हुनेछ। बोली प्रभावशालीरहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) उत्साह र उमंगमा वृद्धि देखिएको छ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेदारी बहन गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायको लागि नयाँ बाटोहरू खुल्नेछन्। विद्यार्थीहरूको शिक्षाको क्षेत्रमा सुधार देखापर्ने छ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरू संग कुनै कुरालाई लिएर वैरभाव बढ्न सक्छ सावधान रहनुहोस्। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिष्ठित काम गरेर लोकप्रियता हासिल गर्न सकिनेछ। नयाँ मान्छेहरुसँग चिनजान हुनेछ। भविष्यलाई लिएर ठूलो कामको जग बसाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफूलाई मनपरेको काममा लगानी गर्दा लाभ हुनेछ। लगनशीलताले शिक्षाको क्षेत्रमा उपलब्धि प्राप्त गर्न सकिनेछ। जीवनशैलिमा सुधार ल्याउन सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नतिजा कमजोर देखिनाले काम दोहोर्याएर गर्नुपर्ला। परिवारजन वा साथीभाइहरूको सहयोगले कामहरू सजिलै बन्दै जानेछ। रमाइलो यात्रा र आफन्तहरूसंग जमघटमा सहभागी भइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोस्। विरोधीहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। धन कमाउने नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।