काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्त र मूल्य–मान्यतामा सम्झौता गरेर सरकारमा सहभागी...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

आजको राशी फलः २०८२ माघ १२ गते साेमबार, ई. सं. २०२५ जनवरी २६ तारिख

741
shares

वि.सं. २०८२ माघ १२ गते साेमबार तदनुसार ई. सं. २०२५ जनवरी २६ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६ माघ कृष्णपक्ष (पोहेलागा) एकादशी तिथि, बेलुका ०६:३६ बजेसम्म, त्यसपछि द्वादशी तिथि, ज्येष्ठा नक्षत्र,  (अहोरात्र व्याप्त)  चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), ध्रुव योग, भोलि बिहान ०३:५२ बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा बालब करण बेलुका ०६:३६ बजेसम्म, त्यसपछि कौलव करण भोलि बिहान ०७:०९ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : मुसल, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय (बेलुका ०६:३६ बजेसम्म), त्यसपछि नैऋत्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये अग्नि वाण : बिहान ०९:२३ बजेसम्म, नक्षत्र शूल : पूर्व, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आज : श्री षट्तिला एकादशी व्रत, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक),काठमाण्डौमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:३७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीक्षा र प्रतिस्पर्धामा गोपनीयतामा ध्यान दिनुहोला । जोखिमयुक्त समय भएकाले मानसिक दबाब बढ्न सक्छ । आर्थिक बोझ र दौडधूप बढे पनि अपेक्षित लाभ नआउन सक्छ । आज ०% भाग्यबल । शुभअङ्क ८, शुभरङ नीलो/कालो, शुभदिशा उत्तर । ॐ शं शनैश्चराय नमः २३ पटक ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  घुमघाम, मनोरञ्जन र भेटघाटको योग छ । पार्टनरको भावना बुझ्दा सम्बन्ध सुदृढ हुनेछ । किनमेल र प्रतिस्पर्धाबाट लाभ । आज ४०% भाग्यबल । शुभअङ्क ७, शुभरङ रातो, शुभदिशा पश्चिम । ॐ कामाक्षीदेव्यै नमः ९ पटक ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  रिसराग र अहङ्कार नियन्त्रण गर्नुपर्ने समय । मेहनत अनुसार पढाइमा सफलता मिल्नेछ । पारिवारिक भ्रम हट्नेछ । आज २०% भाग्यबल । शुभअङ्क ६, शुभरङ ध्वाँसे/कालो, शुभदिशा दक्षिण । ॐ रां राहवे नमः १८ पटक ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  व्यक्तित्व विकास र भविष्य निर्माणमा अनुकूल समय । आफन्त र प्रियजनको साथ मिल्नेछ । विशिष्ट व्यक्तिसँग भेटघाटको योग । आज ४५% भाग्यबल । शुभअङ्क ५, शुभरङ सेतो, शुभदिशा पूर्व । ॐ ज्ञानमुद्रायै नमः ११ पटक ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कारोबारमा नयाँ प्रयास हुनेछ । आश्वासनमा भरोसा नगर्नुहोला । गोपनीय कुरा बाहिरिन सक्छ, सतर्क रहनुहोस् । आज ०% भाग्यबल । शुभअङ्क ४, शुभरङ सिम्रिक रातो, शुभदिशा उत्तर । ॐ चामुण्डाभगवत्यै नमः ९ पटक ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सद्भाव बढ्नेछ । गुरुजन वा दाजुभाइको सहयोग लाभदायी हुनेछ । आध्यात्मिक झुकाव बढ्ने दिन । आज ३५% भाग्यबल । शुभअङ्क ३, शुभरङ गुलाबी/सिन्दुरे, शुभदिशा पश्चिम । ॐ वायुपुत्राय नमः २१ पटक ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) घुमघाम र खानपानमा खर्च बढ्नेछ । नचिताएको धन प्राप्ति वा चिट्ठा–लटरीको योग । व्यापार सामान्य अनुकूल । आज १५% भाग्यबल । शुभअङ्क २, शुभरङ सेतो, शुभदिशा दक्षिण । ॐ सर्वकामप्रदायै नमः ११ पटक ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै कमजोरी सुधार्ने समय । जिम्मेवारी र प्रतिष्ठा बढ्नेछ । व्यवहारिक बनेमा काम सजिलै बन्नेछ । आज ४०% भाग्यबल । शुभअङ्क १, शुभरङ सिन्दूरे रातो, शुभदिशा पूर्व । ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः १० पटक ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अवसरका लागि मेहनत गर्नुपर्ने दिन । भावनामा बहकिँदा समस्या आउन सक्छ । पुराना काम टुंग्याउने समय । आज ०% भाग्यबल । शुभअङ्क ३, शुभरङ नीलो/कालो, शुभदिशा उत्तर । ॐ मन्दचेष्टाय नमः २३ पटक ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रेम र दाम्पत्य जीवनमा सुखद समय । व्यापार र लगानीमा राम्रो लाभ । अहङ्कार नियन्त्रण गर्न आवश्यक । आज १००% भाग्यबल । शुभअङ्क २, शुभरङ नीलो/कालो, शुभदिशा पश्चिम । ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः २३ पटक ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) यात्रा र वाहनसुखको योग । कारोबारमा राम्रो प्रतिफल । कामको चापले सम्बन्ध प्रभावित हुन सक्छ । आज १००% भाग्यबल । शुभअङ्क १, शुभरङ नीलो/कालो, शुभदिशा दक्षिण । ॐ छायापुत्राय नमः २३ पटक ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कार्यक्षेत्रबाट शुभ समाचार मिल्न सक्छ । अभिभावकको सल्लाह उपयोगी हुनेछ । अधुरो काम पूरा हुने समय । आज ३५% भाग्यबल । शुभअङ्क ९, शुभरङ सिन्दूरे रातो, शुभदिशा पूर्व । ॐ अं अङ्गारकाय नमः १० पटक ।