काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

उम्मेदवारी फिर्तासँगै प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धी संरचना स्पष्ट

1.94K
shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएसँगै चुनावी मैदानको वास्तविक चित्र प्रष्ट भएको छ। निर्वाचन आयोगका अनुसार देशभरबाट ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्, जसले धेरै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धालाई सिमित र स्पष्ट बनाएको छ।

निर्वाचन आयोगले आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी फिर्ताको प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिँदै आवश्यक परे केही सङ्ख्या थप हुन सक्ने सम्भावना रहेको बताए। उनका अनुसार समग्र निर्वाचन कार्यक्रम उत्साहजनक र व्यवस्थित रूपमा अघि बढिरहेको छ।उम्मेदवारी फिर्तापछि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली आजै देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतका कार्यालयमार्फत सार्वजनिक गरिएको छ। यससँगै मतदाताले अब आफ्नो निर्वाचन क्षेत्रमा को–को उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भन्ने स्पष्ट जानकारी पाउने अवस्था बनेको छ।

यता समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि आयोगले उम्मेदवारहरूको नामावली सार्वजनिक गरिसकेको छ। आयोगले यस प्रणालीतर्फ माघ १० गतेसम्म दाबी–विरोध गर्न सकिने समयसीमा तोकेको छ। राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बुझाएको बन्दसूचीमाथि छानबिन तथा आवश्यक सच्याउने प्रक्रिया सम्पन्न भएपछि सोही दिन अन्तिम नामावली प्रकाशन गरिने प्रवक्ता भट्टराईले जानकारी दिए।यसैबीच आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आज अपराह्न ४ बजेदेखि ७ बजेसम्म सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका रहेको बताए। राजनीतिक दलका आधिकारिक उम्मेदवारले आ–आफ्नो दलको चिन्ह पाउनेछन् भने स्वतन्त्र उम्मेदवारलाई आयोगले तोकेको चिन्ह समूहबाट चिन्ह उपलब्ध गराइनेछ।निर्वाचन चिन्ह वितरणसँगै उम्मेदवारहरू औपचारिक रूपमा चुनावी प्रचारप्रसारमा जुट्न पाउनेछन्। यस चरणपछि निर्वाचन अभियानले तीव्रता लिने अपेक्षा गरिएको छ भने मतदातामाझ उम्मेदवार र एजेन्डाबीचको प्रतिस्पर्धा थप स्पष्ट हुँदै जाने देखिन्छ।