आजको राशीफलः वि.सं.२०८२ माघ ३ गते शनिबार, सन् २०२६ जनवरी १७ तारिख
वि.सं.२०८२ माघ ३ शनिवार ०८:२७
shares
वि.सं.२०८२ साल माघ ३ गते । शनिबार । इस्वी सन् २०२६ जनवरी १७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–चतुर्दशी, ४३ घडी १२ पला, रातको १२ बजेर १४ मिनेट उप्रान्त औशी । नक्षत्र–मूल, ४ घडी ४३ पला, बिहान ८ बजेर ५१ मिनेट उप्रान्त पूर्वाषाढा । योग– व्याघात, ३८ घडी २५ पला, बेलुकी १० बजेर २० मिनेट उप्रान्त हर्षण । करण–भद्रा, बिहान ११ बजेर २६ मिनेट उप्रान्त शकुनि, रातको १२ बजेर १४ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–गद योग । चन्द्रराशि–धनु ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३० मिनेट । दिनमान २६ घडी २३ पला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन कार्य गर्ने उत्साह र उमंगले भरिपूर्ण हुनेछ। आर्थिक कारोबारमा सोचविचार गरेर मात्रै निर्णय गर्नु फाईदाजनक हुनेछ। घरपरिवारसँग समय व्यतीत गर्ने सुनौलो अवसरले मन प्रसन्न रहनेछ। स्वास्थ्यमा हल्का तलमाथि पर्न सक्छ त्यसैले अत्यधिक भारी कामहरुलाई बिस्तारै आरामदायक रुपमा गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्थिर सोच र धैर्य गर्ने बानिले काम सहज रूपमा अघि बढ्नेछ। आम्दानी र खर्च बराबरी रहने सम्भावना आजको पुरै दिन देखिन्छ। पारिवारमा शान्त र सहयोगी वातावरण रहनाले काममा सहज कार्य विभाजनको अवस्था आँउनेछ। स्वास्थ्यसँग सम्बन्धित समस्या आँउन सक्छ त्यसैले खानपानमा सजग रहनु आवश्यक छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुराकानी र समन्वयबाट आफ्नो कार्य गर्दा कार्यक्षेत्रमा सम्मानित भईने योग छ। पेशागत क्षेत्रमा नयाँ पदीय जिम्मेवारी थपिने सम्भावना प्रबल छ। अचानक धन खर्च हुने सम्भावना भएकाले संयमित भएर धन खर्चिनुहोला। मित्रगणसँग रमाईलो भेटघाट तथा सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनामा बगेर निर्णय गर्दा काम बिग्रिन सक्ने हुनाले गहिरो सोचविचार गरेर मात्र निर्णय लिनु बुद्धिमानी हुनेछ। कार्यक्षेत्रमा गरेको मेहनतको राम्रो प्रतिफल प्राप्त हुने योग रहेको छ। आज विशेष रुपमा घरायसी विवादको विषयलाई सुल्झाउन समय दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास बढ्ने र नेतृत्व क्षमतालाई निखार्ने उत्तम समय रहेको छ। पेशागत क्षेत्रमा सम्मान र पहिचान मिल्ने शुभ योग देखिन्छ। आर्थिक पक्ष सबल रहने सम्भावना छ। ऊर्जाशील जोशले दिनैभरी कार्यगर्न जाँगर प्रदान गर्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामगर्दा ध्यान दिएर र सूक्ष्मता बिचारेर मात्र गर्नुहोला। आर्थिक स्थिति स्थिर रहने संकेत छ। योजना बनाएर गरेको कामले मात्र आराम दिनेछ त्यसैले कामगर्नुपूर्व योजना अनिवार्य बानउनुहोला। पाचनसम्बन्धी सावधानी अपनाउनु र चिल्लो पिरोजन्य खानेकुराहरु नखानुनै आज यहाँहरुको लागि उपयुक्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तुलित सोच राखेर मात्र निर्णय गर्नुहोला। कार्यस्थलमा सहकर्मीहरुसँग सहकार्य गरेर कार्य गर्दा लाभ मिल्नेछ। आर्थिक पक्ष सकारात्मक रहने सम्भावना देखिन्छ तर खर्चमा सावधानी अपनाउनुहोला। आज कलात्मक र सिर्जनात्मक काममा रुचि बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रणनीति र गोपनीय योजनाहरुलाई गोप्य राखेमा सफलता मिल्ने राम्रो संकेत देखिएको छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्नाले चापको महसुस हुनसक्छ।आर्थिक निर्णयमा हतार गर्नुभन्दा समय लिएर लगानि लगाउनुहोल। आज मानसिक थकान महसुस हुन सक्छ त्यसैले दिनको सुरुवात ध्यानबाट गर्नुहोला। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले साथ दिने योग छ। सोचेका र अपुरा रहेका कार्यहरु सहजै सम्पन्न हुनेछन्। रोजगारी वा व्यवसायमा नयाँ लगानि गर्ने ठाँउ मिल्नेछ। नयाँ योजना सुरु गर्न समय अनुकूल छ तर सुरुवात गर्नु अघि लक्ष्मी माताको आरधना गर्न नभुल्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जिम्मेवारी बढ्ने र गरिरहेको काममा व्यस्तता बढ्नेछ। अनुशासन र निरन्तरताले अवश्यमेव सफलता दिलाउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ साथै शुभकार्यमा केही रकम खर्च गर्नुपर्ने अवस्था पनि आजको दिन आउनेछ। जोर्नीसम्बन्धी समस्या आँउन सक्छ त्यसैले सजगता अपनाउनु राम्रो होला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ विचार र योजनाले मन मस्तिष्कमा डेरा जमाउनेछ। कार्यक्षेत्रमा रचनात्मक सोचको कदर हुनेछ। सबैले हजुरको वाक्य अनुशरण गरेर कार्य गर्नेछन्। मित्र वा सहकर्मीबाट काममा साथ र सहयोग मिल्नेछ। आजको पुरै दिन मानसिक र भावनात्मक रूपमा सकारात्मक अनुभूति हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भावनामा नियन्त्रण राखेर अघि बढ्दा नै आजको लागि उपयुक्त हुन्छ। पेशागत क्षेत्रमा परिश्रमको राम्रो प्रतिफल मिल्नेछ। आर्थिक पक्ष निराशाजनक हुने सम्भावना छ। हजुरले लिनुभएको निर्णयमा परिवारको साथ र समर्थन प्राप्त हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।















