काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी फिर्ता र...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

प्रतिनिधिसभा पुनःस्थापनाबिना राजनीतिक निकास सम्भव छैन : ओली

1.25K
shares

भक्तपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई वर्तमान राजनीतिक र संवैधानिक संकटबाट बाहिर निकाल्ने एकमात्र उपाय विघटित प्रतिनिधिसभाको पुनःस्थापना भएको स्पष्ट पारेका छन्। पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई शनिबार भक्तपुरको सल्लाघारीमा सम्बोधन गर्दै उनले असंवैधानिक रूपमा विघटन गरिएको संसद् पुनःस्थापना गरेरै छाड्ने अठोट व्यक्त गरे।

अध्यक्ष ओलीका अनुसार देश अहिले गम्भीर संवैधानिक गतिरोधमा फसेको छ,अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभा पुनःस्थापना,त्यसपछि संवैधानिक सरकार गठन र अन्ततः ताजा जनादेशमार्फत नयाँ प्रतिनिधिसभा निर्माण यही हाम्रो स्पष्ट रोडम्याप हो,उनले भने। वर्तमान सरकारले जालझेल,प्रतिशोध र निषेधको राजनीति अपनाएको आरोप लगाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले निर्णायक शक्तिका रूपमा उभिने उद्घोष गरे।

आफ्नो प्रधानमन्त्रीकालमा विकसित घटनाक्रम स्मरण गर्दै ओलीले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाले देशलाई गृहयुद्ध र रक्तपाततर्फ धकेल्ने खतरा पैदा गरेको बताए। त्यो उपद्रव सरकार परिवर्तनमा सीमित थिएन,राज्यको मेरुदण्ड भाँच्ने योजना थियो,उनले भने,लोकतन्त्र ध्वस्त पारेर शून्यता सिर्जना गर्ने षड्यन्त्र देखेपछि थप क्षति नहोस् भनेर मैले पद त्याग गरेको हुँ।

उनले कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका तीनै अंगमाथि एकसाथआक्रमणभएको,सुरक्षाकर्मीको हत्या र संरचना जलाउने घटनाले महाविनाश निम्त्याउने प्रयास भएको दाबी गरे।वर्तमान सरकारले फागुन २१ का लागि घोषणा गरेको निर्वाचनप्रति ओलीले गम्भीर प्रश्न उठाए। मिति तोकिए पनि तयारी शून्य रहेको र भय तथा त्रासको वातावरण सिर्जना गरिएको आरोप लगाउँदै उनले भने,संवादको सट्टा निषेध,बहसको सट्टा मुद्दा र प्रतिस्पर्धाको सट्टा धम्की दिने सरकारले निष्पक्ष चुनाव गराउन सक्दैन। त्यसैले हाम्रो अडान स्पष्ट छ प्रतिनिधिसभा तुरुन्त पुनःस्थापना।

सम्बोधनमा अध्यक्ष ओलीले नयाँ पुस्ता जेनजी लाई विशेष सम्बोधन गरे। एमाले र पुराना दलहरूलाई जेनजीविरोधी देखाउने प्रयासप्रति आपत्ति जनाउँदै उनले डिजिटल नेपाल फ्रेमवर्क,स्टार्टअप कार्यक्रम र उद्यमशीलता प्रवर्द्धनका नीतिहरू एमालेकै पहल भएको स्मरण गराए।युवाको जायज असन्तुष्टिलाई हिंसा र विध्वंसको इन्धन नबनाउनुहोस्,उनले आग्रह गरे,सुरक्षित भोलि लोकतन्त्र,संविधान र शान्तिमै सम्भव छ।

एमालेको ७७ वर्षे इतिहास र बलिदानको चर्चा गर्दै ओलीले पार्टीभित्रको एकतालाई महाधिवेशनको मुख्य सन्देशका रूपमा अघि सारे। एक र एक जोडेर दुई होइन,एघार बन्ने हो,उनले भने फुटेर होइन जुटेर मात्रै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन्छ।

लोकतन्त्र र संविधानमाथिको प्रहारलाई परास्त गर्न सम्पूर्ण एमाले पंक्तिलाई गाउँ–गाउँमा सक्रिय हुन निर्देशन दिँदै उनले निषेधको राजनीतिलाई जनताको बलबाटै परास्त गरिने चेतावनीसमेत दिए।