काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

ज्ञानोदय माध्यामिक विद्यालयमा पाकिस्तानी दूतावासद्वारा आधुनिक कम्प्युटर प्रयोगशालाको उद्घाटन

3.13K
shares

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको कम्प्युटर प्रयोगशाला सञ्चालनमा ल्याएको छ।

शनिबार आयोजित विशेष समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हास्मीले नयाँ प्रयोगशालाको उद्घाटन गर्दै विद्यालयको समग्र शैक्षिक प्रगति नेतृत्व, शिक्षक तथा समुदायको निरन्तर सहकार्यको परिणाम भएको उल्लेख गरे।

राजदूत हास्मीले विश्व तीव्र रूपमा सूचना प्रविधि, कृत्रिम बौद्धिकता (AI) र नवप्रवर्तनतर्फ अघि बढिरहेको भन्दै विद्यार्थीसम्म आधुनिक सीप र अवसर पुर्‍याउने कार्य प्राथमिकतामा रहनुपर्नेमा जोड दिए।दूतावासले जारी गरेको विज्ञप्तिअनुसार उद्घाटन कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइराला, काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख समन्तमणि आचार्य, विद्यालयकी प्राचार्य विष्णु घिमिरेलगायतको उपस्थितिथियो पाकिस्तानले सन् २०१३ देखि विद्यालयलाई कम्प्युटर कक्षा सञ्चालनका लागि फर्निचर, उपकरण तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउँदै आएको दूतावासले जनाएको छ