आजको राशिफल : २०८२ मङ्सिर १५ गते सोमवार
वि.सं.२०८२ मंसिर १५ सोमवार ०८:४६
shares

वि.सं. २०८२ मङ्सिर १५, सोमवार (ई.सं. २०२५ डिसेम्बर १)आजको दिन विविध धार्मिक तथा खगोलीय संयोजनका कारण विशेष मानिएको छ। सिद्धार्थ संवत्सरअन्तर्गत सूर्य दक्षिणायनमा रहेको यो समय हेमन्त ऋतुको मध्य बिन्दु मानिन्छ। कलिगत ५१२६, शाके १९४७, नेपाल संवत् ११४६, किरात वर्ष ५०८५ तथा मञ्जुश्री वर्ष २८६१ अनुसार आजको पञ्चाङ्ग तयार गरिएको हो। इस्लामिक हिजरी संवत् १४४७ पनि आजकै तारिखसँग मेल खाँदै छ। काठमाण्डौ उपत्यकामा आज सूर्योदय बिहान ६:३८ बजे र सूर्यास्त साँझ ५:०७ बजे हुनेछ। मार्गशीर्ष शुक्लपक्षको एकादशी तिथि दिउँसो २:२७ बजे सम्म रहनेछ भने त्यसपछि द्वादशी लाग्नेछ। रेवती नक्षत्र बेलुका ७:५९ बजे सम्म सक्रिय रहनेछ र पछि अश्विनी नक्षत्रमा प्रवेश हुनेछ। चन्द्रमा पनि त्यही समयसम्म मीन राशिमा रहनेछ र त्यसपछि मेषमा सर्नेछ।
आज व्यतिपात योग बेलुका १०:४० बजे सम्म रहनेछ भने त्यसपछि वरीयान् योग प्रारम्भ हुनेछ। करणमा दिउँसो २:२७ बजे सम्म विष्टि (भद्रा) रहने, त्यसपछि मध्यरात १:२६ बजेसम्म बब करण र अन्त्यमा बालब करण लाग्ने पञ्चाङ्गकारहरूले बताएका छन्। भद्राको वास आज पृथ्वी–लोकमा रहने उल्लेख गरिएको छ। दिनभरि बदलिदै जाने चन्द्रवर्ण (पहेलो र पछि रातो), चन्द्रदिशा (उत्तर हुँदै पूर्वतर्फ), योगिनीदिशा (आग्नेयबाट नैऋत्य), तथा वारशूल पूर्वमुखी रहेको जानकारी पनि सार्वजनिक गरिएको छ। धनिष्ठा पञ्चकको प्रभाव आज बेलुका ७:५९ बजे समाप्त हुनेछ। वाणपञ्चकमध्ये ‘चोर वाण’ पनि आज राति ८:३३ बजे सम्म रहनेछ। नक्षत्रशूल दक्षिणतर्फ देखिएको छ भने कालराहु चक्रमा कालको दिशा वायव्य र पाशको दिशा आग्नेय बताइएको छ। धार्मिक दृष्टिले आजको दिन अत्यन्त महत्वपूर्ण छ। देशभर श्री मोक्षदा एकादशी व्रत, श्री गीता जयन्ती, मौनी एकादशी, वैकुण्ठ एकादशी, तथा चाँगुनारायण महास्नान जस्ता पर्व मनाइँदै छन्। साथै, स्वास्थ्य सचेतनासँग सम्बन्धित विश्व एड्स दिवस पनि आजकै दिन विश्वभर मनाइने परम्परा छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आकस्मिक खर्च बढ्न सक्छ, विशेषत: नजिकका साथी वा आफन्तसँग साझेदारीमा चलाइने काममा सतर्कता आवश्यक देखिन्छ। सही निर्णय नलिए आर्थिक जोखिमको सामना गर्नुपर्छ। पुराना समस्या समाधान गर्ने दौडधूपमा दिन बित्न सक्छ। कार्यालयभित्र–बाहिर दुवैतिर व्यस्त रहनुपर्ने समय हो। सम्बन्धमा पारदर्शिता राख्नु उत्तम हुन्छ,सानो कुरा लुकाउँदा पनि अविश्वास बढ्न सक्छ। भाग्यबल: ०% शुभाङ्क: ३ | शुभरङ: सेतो |शुभदिशा: उत्तर यात्रा वा महत्वपूर्ण कार्य अघि ॐ नमः पशुपतये २१ पटक जप गर्नु लाभदायक हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अवास्तविक योजना वा पूर्ण नहुन सक्ने काममा हात हाल्नुभएन राम्रो हुन्छ। धैर्य, संयम र आत्मअनुशासन आजको वास्तविक शक्ति बन्नेछन्। सरकारी निकायसँग सम्बन्धित कामबाट लाभ उठाउने मौका मिल्न सक्छ।परिवारिक आवश्यकताका कारण केही अतिरिक्त खर्चिनुपर्ने स्थिति बन्नसक्छ।भाग्यबल:८०%|शुभाङ्क:२ शुभरङ: घिउरङ/सेतो | शुभदिशा: पश्चिम महत्त्वपूर्ण काम अघि ॐ चं चन्द्रमसे नमः ११ पटक जप गर्नु शुभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) भाग्यभन्दा कडा परिश्रमलाई प्राथमिकता दिनुपर्ने समय आएको छ। परीक्षाको तयारी हुँदैछ भने राम्रो नतिजा प्राप्त हुनेछ। समाजसेवा वा राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने सम्मान र प्रभाव बाक्लो रूपमा बढ्ने संकेत छ।मेहनतको प्रतिफल पाइने तथा उच्चस्तरीय व्यक्तिसँग निकटता बढ्ने दिन हो। भाग्यबल: ८०% | शुभाङ्क: १ | शुभरङ: सेतो/घिउरङ | शुभदिशा: दक्षिण यात्रा वा महत्वपूर्ण कार्य अघि ॐ शशिशेखराय नमः २१ पटक जप गर्नु उत्तम।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेमसम्बन्धमा सकारात्मक मोड आउने संकेत छ,विशेष समारोह वा भेटघाटले मन प्रशन्न हुनेछ। वैवाहिक योजनामा अघि बढ्ने सोच पनि बन्न सक्छ।कामप्रति समर्पण बढ्नेछ। ठूला व्यक्तिहरूसँग उठबस हुने तथा परिवारबाट राम्रो समाचार आउने सम्भावना प्रबल छ। भाग्यबल: १००% | शुभाङ्क: ९ शुभरङ: पहेंलो/सुन्तले । शुभदिशा: पूर्व कार्यक्षेत्र सुरु गर्नु अघि ॐ सों सोमाय नमः ११ पटक जप गर्नु शुभ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने समय हो ।ढाड, पेट तथा आँखासम्बन्धी समस्या चर्किन सक्छ। महत्वपूर्ण परीक्षा वा प्रतिस्पर्धाको तयारी गोप्य रूपमा गर्नु राम्रो हुन्छ।बढ्दो खर्च र ऋणभारले तनाव दिन सक्छ। आज आफ्नो मनलाई हल्का बनाउने, तनाव घटाउने कार्यमा ध्यान दिनु उपयुक्त हुनेछ।भाग्यबल:०% शुभाङ्क: ८ शुभरङ: सेतो/पहेंलो ।शुभदिशा: उत्तर असहज परिस्थिति पार गर्नॐ मृत्युञ्जयाय नमः २१ पटक जप गर्दा लाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सुविधा र आनन्दप्रतिको आकर्षण बढ्नेछ। पढाइमा ध्यान केन्द्रितगर्नसके राम्रो उपलब्धि मिल्ने संकेत छ। मनोरञ्जनतर्फ मन जानेछ।अविवाहितहरूका लागि मन कसैप्रति लोभिने वा विशेष आकर्षण बढ्ने सम्भावना छ। भाग्यबल: ६०% | शुभाङ्क: ७ | शुभरङ: रातो | शुभदिशा: पश्चिम काम अघि ॐ साम्बसदाशिवाय नमः २१ पटक जप गर्नु लाभदायी।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) विपरीत लिङ्गको सहयोग पाउने सम्भावना छ। किनमेल तथा सामाजिक क्षेत्रबाट लाभ मिल्ने समय हो। तर कानुनी वा लगानीसम्बन्धी चिढचिढाहट बढ्न सक्छ।काममा ढिलासुस्ती तथा जाँगरको कमी महसुस हुन सक्छ, तर सङ्घर्ष गरेमा राम्रो नतिजा पाइनेछ। भाग्यबल: १००% | शुभाङ्क: ६ | शुभरङ: सेतो | शुभदिशा: दक्षिण यात्रा अघि ॐ अश्विनीकुमाराभ्यां नमः २१ पटक जप गर्नु हितकर।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सर्जनशीलता र ज्ञानमूलक गतिविधितर्फ आकर्षण बढ्ने दिन हो। हाँके–ताकेका काम पूरा हुने तथा परीक्षामा सफलता मिल्ने योग छ। व्यक्तित्व विकासका नयाँ अवसर प्राप्त हुनेछन्। आज प्रेमजिवनमा अपेक्षा राखे पनि नतिजा सकारात्मक नै आउनेछ। भाग्यबल: ९०% | शुभाङ्क: ५ | शुभरङ: सेतो | शुभदिशा: पूर्व काम अघि ॐ ऐं सरस्वत्यै नमः ११ पटक जप गर्नु सुहाउँदो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनोदशा केही कमजोर हुन सक्छ। घर–परिवार तथा कार्यस्थल दुवैतिर दोस्रो पक्षको भावनालाई प्राथमिकता दिनुपर्ने समय छ। चियोचर्चो गर्नेहरूको कारण अनावश्यक तनाव आउन सक्छ, त्यसैले गोपनीयता आवश्यक छ। नयाँ विषय तथा रचनात्मक क्षेत्रमा सक्रियता बढ्नेछ। भाग्यबल: १५% | शुभाङ्क: ४ | शुभरङ: घिउरङ | शुभदिशा: उत्तर कार्य अघि ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः ११ पटक जप गर्नु शुभ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सञ्चार वा कागजी प्रक्रियाद्वारा केही आर्थिक समस्या समाधान हुन सक्छ। यातायात, ढुवानी, मार्केटिङ र वित्तीय क्षेत्रमा विशेष लाभ देखिन्छ। परिवारिक वातावरण सुखमय रहनेछ, मित्रसँग भेटघाट भएर नयाँ योजना बन्न सक्छ।भाग्यबल: ८५% | शुभाङ्क: ३ | शुभरङ: गुलाबी/सिन्दुरे | शुभदिशा: पश्चिम महत्त्वपूर्ण काम अघि ॐ भालचन्द्राय नमः २१ पटक जप गर्नु लाभदायी।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कामबाट उल्लेखनीय फाइदा हुनेछ। पैसाको व्यवस्थापन राम्रो हुनेछ। तर परिवार र नातागोताका कारण व्यस्तता बढ्न सक्छ। अभिव्यक्तिमा निखार आउने, अध्ययनमा सुधार हुने तथा प्रतिस्पर्धामा अगाडि बढ्ने समय छ। भाग्यबल: ७०% | शुभाङ्क: २ | शुभरङ: घिउरङ | शुभदिशा: दक्षिण काम सुरु गर्नु अघि ॐ सुधाकराय नमः ११ पटक जप गर्नु उत्तम।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ जिम्मेवारी वा पदभार सम्हाल्ने अवसर आउने दिन हो। व्यवहारिकता कायम गर्न सके मात्र काम सहज चल्नेछ। जीवनशैलीका परिवर्तनले प्रेम र दाम्पत्य जीवनमा सकारात्मक असर पार्नेछ। वौद्धिक तथा सिर्जनात्मक क्षेत्रका मानिसका लागि विशेष अनुकूल समय हो। भाग्यबल: २५% | शुभाङ्क: १ | शुभरङ: पहेंलो/सुन्तले | शुभदिशा: पूर्व शुभारम्भ अघि ॐ गुं गुरवे नमः १९ पटक जप गर्नु लाभदायी।
















