काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको राशिफल बि.सं. २०८२ असोज १ गते बुधबार ई.सं. २०२५ सेप्टेम्बर १७

1.92K
shares

आजको राशिफल बि.सं. २०८२ असोज १ गते बुधबार ई.सं. २०२५ सेप्टेम्बर १७ नेपाल सम्बत ११४५ ञलागा एकादशी- २६, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष एकादशी, चन्द्रमा कर्कट राशिमा, पुनर्वशु नक्षत्र, परिघ योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।आजको राशिफल बि.सं. २०८२ असोज १ गते बुधबार ई.सं. २०२५ सेप्टेम्बर १७ नेपाल सम्बत ११४५ ञलागा एकादशी- २६, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष एकादशी, चन्द्रमा कर्कट राशिमा, पुनर्वशु नक्षत्र, परिघ योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ०८ मिनेट देखि ०७ बजेर ३८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज जेनजी आन्दोलन (शोक बिदा) रहेको छ । त्यस्तै आज विश्वकर्मा पूजा, इन्दिरा एकादशी व्रत, एकादशी श्राद्ध, कन्या संक्रान्ति, वास्तु दिवस, राष्ट्रिय विज्ञान दिवस र विश्व बिरामी सुरक्षा दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक मेलजोल बढ्नेछ तर मन अशान्त रहनेछ। व्यापारी वर्गलाई व्यापारमा लाभको स्थिति बनिरहेको छ। कार्यक्षेत्रमा सहयोगी वर्गसंग मनमुटाव रहन सक्छ। हातमा आएको अवसर नगुमाउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य व पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। नयाँ इन्टरभ्यु आदिको लागि दिन राम्रो छ। शत्रुहरू बढ्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज तपाईंको बोलि नै सबैभन्दा ठूलो शत्रु बन्न सक्छ सावधान रहनुहोस्। कुनै पनि कुरालाई लिएर एउटा धारणा नबनाउनुहोस्। धनमा वृद्धि हुनेछ। अरुलाई सल्लाह दिनबाट जोगिनुस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज उत्साह र उमंगमा वृद्धि देखिएको छ। सकारात्मक सोच लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाटको योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खर्चमा नियन्त्रण गर्नुहोस्। सकेसम्म ठूलो कार्यहरूमा हात नहालौं। आँटेको कार्यमा सफलता मिल्नेछ। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आयमा वृद्धिका योग बनिरहेका छन्। कर्यक्षेत्रमा सक्रियता बढ्नेछ। पुलिस वा आर्मी क्षेत्रबाट हुनुहुन्छ भने कुनै ठूलो कार्य सम्पन्न हुन सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मेहनत अनुसार फल प्राप्तिको योग छ। भाग्यको विश्वास गरेर पुरुषार्थ गर्न नचुक्नुहोस्। लामो समयदेखि निलम्बित कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्मकर्ममा सजिलै मन जानेछ। दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव सुल्झिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ साथै आफ्नो प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धेरै सोच्नु आज तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन्छ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइएला। वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज व्यापार वृद्धिको योग रहेको छ। साझेदारी व्यापारमा विशेष लाभ मिल्नेछ। निर्णय लिने क्षमता राम्रो देखिएको छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) जिवनसाथीको स्वास्थ्यलाई लिएर विशेष ख्याल राख्नुहोस्। चिसोबाट जोगिने प्रयास गरौं र कुनै पनि मादक पदार्थको सेवन नगरौँ। आलस्यलाई छोडेर कार्य गर्नुभयो भने सफलताका योग छन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भावनामा बगेर कुनै पनि कार्य नगर्नुहोस् साथै कुनै पनि निर्णय लिँदा बुद्धिको प्रयोग गरौं। प्रेम सम्बन्धमा सुधारका योगहरू रहेका छन्। अरुको कुरा सुनेर कार्यक्षेत्रमा नयाँ निर्णय नलिनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।