काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत निर्वाचित गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिएको...

पुरा पढ्नुहाेस्

महालक्ष्मी नगरपालिका

आजको राशिफल बि.सं. २०८२ भदौ २४ गते मंगलबार ई.सं. २०२५ सेप्टेम्बर ९ तारिख

1.47K
shares

आज बि.सं. २०८२ भदौ २४ गते, मंगलबार, ई.सं. २०२५ सेप्टेम्बर ९ तारिख, नेपाल संवत ११४५ ञलागा द्वितीया–१७ परेको छ। सिद्धार्थि नाम संवत्सर, सूर्य दक्षिणायन र वर्षा ऋतु चलिरहेको छ। असोज कृष्ण पक्ष द्वितीय तिथीअन्तर्गत आज चन्द्रमा मीन राशिमा रहन्छ भने उत्तरभाद्रपदा नक्षत्र, गण्ड योग र तैतिल करण पर्छ। नेपालमा आज सुर्योदय बिहान ५:४६ बजे र सूर्यास्त साँझ ६:१८ बजे हुनेछ। आज जन्मिने शिशु मीन राशिका हुनेछन्।

महत्वपूर्ण कार्य वा शुभ यात्राका लागि आज बिहान ८:२६ देखि ९:५७ सम्मको समय शुभ मानिएको छ। यस समयसिमा नेपालकै राष्ट्रिय समयका आधारमा तोकिएको भए पनि स्थान अनुसार सानो भिन्नता हुन सक्नेछ। यसैबीच, आज पितृ पक्ष अर्थात् सोह्र श्राद्धको दोस्रो दिन पनि परेको छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना काममा अल्झिनुपर्ला। समाज वा समुदायको हितमा कार्य गर्न सकिनेछ। नजिकका आफन्तहरू टाढिनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उत्तरदायित्व वहन गर्दै राम्रो लाभ उठाउन सकिनेछ। अरुको काममा जुट्नु परे पनि फाइदा आफैंलाई हुनेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। अरुको मन जितेर लोकप्रियता हासिल गर्न सक्नुहुनेछ। कीर्तिमान कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मेहनतीहरूका लागि समय निकै उत्साहवर्धक रहनेछ। महत्त्वाकांक्षी कार्यको शुभारम्भ गर्ने समय रहेको छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्तान र आफन्तहरुबाट भनेजस्तो सहयोग नमिल्ला। दिगो फाइदा हुने कार्य सम्पादन हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। अवसरको लाभ उठाउन नसकिएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ। ईष्यालु मन भएकाले कार्यक्षेत्रमा अवरोध उत्पन्न गर्नेछन्। अरूको फाइदाको लागि उपयोग भइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। शत्रुहरू सक्रिय रहनेछन्। श्रमको उचित मूल्यांकन मिल्नेछ। परिस्थितिवस कार्यक्षेत्रमा पछाडि परिएला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तानको प्रगतिले मन हर्षित रहनेछ। प्रेम सम्बन्ध वा दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको सल्लाहलाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूको सल्लाहले कार्यक्षेत्रमा राम्रो निर्णय लिन सक्नुहुनेछ। मिठो बोलिको माध्यमले धेरै कार्यहरू सम्पादन हुनेछन्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धेर्य र पराक्रमले कार्यक्षेत्रमा सफलता मिल्नेछ। पुराना योजनाहरू पूरा गर्न सकिनेछ। आत्मविश्वासमा वृद्धी हुनेछ। नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मान प्रतिष्ठा बढ्नेछ। सेवामूलक कामबाट प्रसिद्धि प्राप्त हुनेछ। सरल व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। दिन ऊर्जावान रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आत्मचिन्तन र आत्ममन्थन गर्ने समय रहेको छ। नयाँ कार्य प्रारम्भ गर्नु भन्दा पनि पुराना कार्यलाई नै निरन्तरता दिनुहोस् सफलता मिल्नेछ। नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।