काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आज सकिँदै नेकपा एमालेको दोस्रो विधान महाधिवेशन

समूहगत छलफल सम्पन्न, आज प्रतिवेदन र निर्वाचनसँगै महाधिवेशन समापन हुने

2.34K
shares

काठमाडौं, २२ भदौ ।शुक्रबारदेखि जारी नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आज समापन हुँदैछ। महाधिवेशनको दोस्रो दिन प्रस्तुत गरिएका तीन वटा दस्तावेजमाथि प्रतिनिधिहरूले समूहगत छलफल सकेका छन्। प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० समूह बनाएर छलफल गरिएको हो।

यद्यपि, महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमा मात्र केन्द्रित भएर बहस गर्न निर्देशन दिइए पनि प्रतिनिधिहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषयसमेत उठाएका थिए। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रमै भण्डारीको सदस्यता महाधिवेशनको एजेन्डा नभएको प्रष्ट पार्दै उक्त विषयमा छलफल नहुने बताएका थिए। तर, प्रतिनिधिहरूले अध्यक्षको निर्देशनलाई बेवास्ता गर्दै सो मुद्दा उठाएका हुन्।

आजको सत्रमा हिजो भएका छलफलको प्रतिवेदन समूह नेताहरूले प्रस्तुत गर्ने कार्यसूची छ। ती प्रतिवेदनमा आएका सुझाव र आलोचनाको जवाफ अध्यक्ष ओली स्वयं दिनेछन्। कुनै विषयमा सहमति जुट्न नसके मतदानमार्फत टुंगो लगाउने तयारी गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।यससँगै महाधिवेशन आजै समापन हुने र समापनअघि पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्वाचन प्रक्रिया सम्पन्न गर्ने तालिका रहेको छ।