काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किँदै

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन सहित विभिन्न देशका राष्ट्र प्रमुखहरु संग भेटघाट गरेका थिए

2.99K
shares

काठमाडौँ, १८ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सहभागी भई शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किदै छन्।

प्रधानमन्त्री ओली १४ भदौमा २३ सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको तियानजिन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। त्यस अवसरमा उनले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्दै नेपालको सक्रिय भूमिका, क्षेत्रीय शान्ति, समृद्धि र आपसी सहयोगको पक्षमा नेपाल सधैं खडा हुने बताएका थिए। नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदारको रूपमा संलग्न रहँदै आएको छ।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। बेइजिङमा रहँदा उनले चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेट गरेका थिए।

यस भ्रमणमा प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी रहेका थिए।