काठमाडौं। संसद् अधिवेशन स्थगित गर्दै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश अघि बढाएपछि देशको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु

3.06K
shares

काठमाडौं । काठमाडौंको जडिबुटीमा रोकिराखिएको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान २:५० बजे जडिबुटीस्थित आकाशे पुल नजिकै सडकछेउमा पार्क गरिएको बा.प्र.०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई  तत्काल ट्रमा सेन्टर लगिएको भए पनि उपचारका क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए। मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल-१ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरीश पौडेल र स्कुटर पछाडि सवार काभ्रे पाँचखाल-२ घर भएका २३ वर्षिय नितेश नेपाल रहेका छन्।

कोटेश्वरबाट जडिबुटीतर्फ गइरहेको स्कुटर रोकिराखेको बसको पछाडि ठोक्किएको थियो।