ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को नयाँ वडा कार्यालय उद्घाटन तथा जेष्ठ...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

बेथितिमुक्त प्रशासन र चुस्त सेवाप्रवाह नै सुशासनको आधारः राष्ट्रपति

4.26K
shares

सङ्खुवासभा, १२ भदौं। राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा प्रणालीलाई आधुनिक, विज्ञान–प्रविधि मैत्री र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

मादी माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले शिक्षालाई सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउने नीति अवलम्बन गर्नुपर्ने बताए। राष्ट्रपतिले गाउँमै कृषि उद्यम स्थापना, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकासमार्फत युवाशक्तिलाई स्वदेशमै लगाउन सकिने उल्लेख गरे। श्रमको सम्मान गर्ने संस्कृतिसहित सीपमूलक शिक्षा नै विदेशिने युवालाई रोक्ने बाटो हो, उनले भने।

उनले नेपालको राजनीतिक परिवर्तनले जनतालाई स्वतन्त्रताको फराकिलो बाटो दिएको भए पनि समृद्धिको यात्रामा अझै बेथिति, ढिलासुस्ती र कमजोरीहरू देखापरेको स्वीकार गरे। “समृद्धिको बाटोमा बाधक बनेका बेथितिको अन्त्य, सुशासन र सेवाप्रवाहमा चुस्तता पहिलो शर्त हो भन्ने कुरा हामीले भुल्न हुँदैन, राष्ट्रपतिका शब्दमा।

साथै उनले सङ्खुवासभालाई पर्यटन, जलविद्युत, कृषि र जडिबुटी उत्पादनका दृष्टिले उच्च सम्भावना भएको जिल्ला बताउँदै किमाथाङ्का नाका व्यवस्थित विकास भए चीनसँग व्यापार–व्यवसाय वृद्धिमा सहयोग पुग्ने बताए।