काठमाडौं, २४ साउन । पाकिस्तान, साउदी अरब र टर्कीले आपसी सुरक्षा तथा रक्षा सहयोग...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजदेखि अमेरिकामा भारतीय समान महँगो, ५० प्रतिशत भन्सार बढ्यो

अमेरिकाको ट्यारिफ नीतिले भारतीय उद्योग संकटमा

4.36K
shares

वासिङटन, भदौ ११ अमेरिका–भारत व्यापार सम्बन्ध फेरि तनावपूर्ण बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत अतिरिक्त महसुल लगाउने निर्णय कार्यान्वयनमा ल्याएका छन्। यसअघि नै २५ प्रतिशत कर लगाइसकेको अवस्थामासमेत अब भारतीय निर्यातकर्ताले अमेरिकी बजारमा ५० प्रतिशतसम्मको ट्यारिफ वहन गर्नुपर्नेछ।

यो नियम भारतीय समयअनुसार अगस्ट २७ बिहान ९:३१ बजेबाट लागू हुनेछ। अमेरिकी प्रशासनले सार्वजनिक गरेको आदेशमा स्पष्ट गरिएको छ– सूचीमा समेटिएका वस्तुहरू तत्कालै ट्यारिफको दायरामा पर्नेछन्। नयाँ करले मुख्यतः गहना, वस्त्र, अटोमोबाइल र समुद्री खानामा आधारित उद्योगलाई ठुलो धक्का पुर्‍याउने अनुमान गरिएको छ। विश्लेषकहरूका अनुसार यसले करिब ४८ अर्ब डलरभन्दा बढीको निर्यात प्रत्यक्ष प्रभावित गर्नेछ। उत्पादन घट्न थालेपछि रोजगारी गुम्ने खतरा पनि बढ्ने देखिन्छ।

तर सबै उद्योग प्रभावित हुने छैनन्। आईटी सेवा, औषधि र इलेक्ट्रोनिक्स क्षेत्रलाई यसपटक छुट दिइएको छ। स्मार्टफोन जस्ता उत्पादन धारा २३२ अन्तर्गत करमुक्त रहनेछन्। फार्मास्युटिकल्समा अहिलेसम्म ट्यारिफ शून्य नै छ, यद्यपि राष्ट्रपति ट्रम्पले आगामी महिनाहरूमा थप शुल्क लगाउने संकेत गरिसकेका छन्।

अमेरिकी बजारमा मूल्यवृद्धि भएपछि भारतीय उत्पादनको माग घट्ने निश्चितजस्तै देखिन्छ। यसले भारतभित्रै रोजगारी संकट ल्याउन सक्छ भने अमेरिकन उपभोक्ताले पनि महँगो सामान किन्नुपर्ने हुन्छ। व्यापार सम्झौता वा वार्ताले मात्र यो तनाव घटाउन सक्ने विज्ञहरूको धारणा छ।