काठमाण्डौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। करिब...

पुरा पढ्नुहाेस्

एनआरएनए फ्रान्सको नयाँ नेतृत्वमा दिलिप गुरुङ, ५७९ सदस्यको सर्वसम्मत समर्थन ।

1.24K
shares

दीपक चालिसे ।
पेरिस, फ्रान्स । गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको ११ औं राष्ट्रिय अधिवेशन आइतबार पेरिसमा सम्पन्न भएको छ। अधिवेशनले दिलिप गुरुङलाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको छ। यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका गुरुङले ७६२ सदस्यमध्ये ५७९ जनाको सहभागितामा अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन्। उनले फ्रान्समा रहेका नेपाली समुदायलाई एकतामा बाँधेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

गत जुलाईमा मीन श्रेष्ठको नेतृत्वमा बनेको कार्यसमितिप्रति असहमति जनाउँदै बहुमतको समर्थनसहित नयाँ नेतृत्व चयन गरिएको हो। नयाँ कार्यसमितिलाई फ्रान्सस्थित नेपाली समुदायले वैधानिक मानेका छन्।१५ सदस्यीय कार्यसमितिमा महेन्द्र अधिकारी वरिष्ठ उपाध्यक्ष, सरोज अधिकारी उपाध्यक्ष, विष्णु कुमारी तिम्सिना महिला उपाध्यक्ष, शिवराम भण्डारी अन्तर्राष्ट्रिय समन्वय सदस्य, राजेन्द्र कुमार श्रेष्ठ महासचिव, समिक्षा थापा कोषाध्यक्ष र जित कुमार विश्वकर्मा सचिव चयन भएका छन्। त्यसैगरी, महिला सदस्यमा किरण चालिसे, अन्य सदस्यमा विष्णुहरी दवाडी, दीपेन्द्र लामा, मनोज गुरुङ र रमेश क्षेत्री (खेलकुद संयोजक) रहेका छन्।

कार्यक्रममा एनआरएन फ्रान्सका पूर्व अध्यक्ष गीता खनाल, नेपाली एकता समाजका अध्यक्ष जीता कटुवाल, आइसिसी सदस्य अमर भण्डारी, जनसम्पर्क समितिका सभापति सुधीर रानालगायतले एकता र सहकार्यमा जोड दिएका थिए।महासचिव महेन्द्र अधिकारीले कार्यकालको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष टीका दत्त अधिकारीले आर्थिक विवरण सार्वजनिक गरेका थिए। उक्त कार्यक्रम को उदघाट्न  एन आर एन ए का सस्थापक हरिहर अर्याल  बाट दिप प्रज्वलन गरि भयको थियो भने कार्यक्रमको  सुरुवात नेपाल तथा फ्रान्स को रास्ट्रीयगान गायन बाट सुरु गरियको थियो । पुर्ब अध्यक्ष निर्मल अर्याल  ले फुटेर हैन जुटेर अगि बढ्नु पर्छ तेस्ले मात्र हाम्रो मान प्रतिस्ठा रहने बताए । यद्यपि, नयाँ कार्यसमिति चयनसँगै एनआरएनए फ्रान्स औपचारिक रूपमा विभाजन भएको देखिएको छ।