काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्ध र समुद्री मार्गमा आक्रमणका कारण विश्व बजारमा कच्चा तेलको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

दुबै इञ्जिनले साथ नदिँदा भयो दुर्घटना : अहमदाबाद जहाज दुर्घटना प्रतिवेदन ।

1.86K
shares

नयाँदिल्ली, असार २८ । अहमदाबादबाट उडेको अन्तर्राष्ट्रिय विमान लन्डन पुग्न नपाउँदै दुर्घटनामा परेको एक महिनापछि प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। भारतीय विमान दुर्घटना अनुसन्धान ब्युरो (AAIB) ले जुलाई १२ मा सार्वजनिक गरेको १५ पृष्ठको प्रतिवेदन अनुसार, दुर्घटनाको प्रमुख कारण विमानका दुबै इन्जिनको अकस्मात् बन्द हुनु रहेको उल्लेख गरिएको छ।

टेकअफ गरेलगत्तै भएको दुर्घटनाले २७० जनाको ज्यान लिएको थियो, जसमा २४१ यात्रु र चालकदलका सदस्यहरू थिए। एक मात्र यात्रु जीवितै उद्दार गरिएको थियो। प्रतिवेदन अनुसार, उडानको केही सेकेन्डमै इन्धन आपूर्ति अचानक रोकिएपछि दुबै इन्जिन क्रमशः बन्द भएका थिए। ककपिटको रेकर्डिङमा एक पाइलटले अर्कालाई “इन्जिन तपाईंले बन्द गर्नुभयो?” भनेर सोधेको र त्यसको उत्तर “मैले त होइन” भन्ने रहेको उल्लेख गरिएको छ।

इन्जिन बन्द भएसँगै आपतकालीन अवस्थामा काम लाग्ने राम एयर टर्बाइन (RAT) सक्रिय भएको थियो। RAT ले जहाजलाई हावाको गतिको माध्यमबाट आवश्यक न्यूनतम बिजुली र हाइड्रोलिक पावर उपलब्ध गराउँछ, जसले जहाजलाई केहीबेरसम्म नेभिगेसन र नियन्त्रणमा राख्न सहयोग गर्छ। दुर्घटनामा विमान एक मेडिकल होस्टल भवनमा ठोक्किएको थियो। दुर्घटनाको पूर्ण विवरण र जिम्मेवारी अझै अन्तिम प्रतिवेदनबाट पत्ता लाग्ने अपेक्षा गरिएको छ।