काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

विमान दुर्घटनाले स्तब्ध र दुःखी छु- मोदी

8.66K
shares

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाले स्तब्ध र दुःखी भएको बताएका छन् ।मोदीले सामाजिक सञ्जालमा लेख्दै यो दुर्घटना हृदयविदारक रहेको र यसलाई शब्दमा वर्णन गर्न नसकिने बताएका छन् ।उनले भनेका छन्- ‘यो हृदयविदारक छ, जसलाई शब्दमा वर्णन गर्न सकिँदैन । यस दुःखको घडीमा, यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ । म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्रीहरू र अधिकारीहरूसँग सम्पर्कमा छु ।’एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।लन्डन जादै गरेको सो विमानमा भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेका थिए । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एयर इन्डियाले जानकारी दिएको छ ।