काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सुरु भएको...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

ट्रम्पविरुद्धका सबै पोष्ट हटाएर सम्बन्ध सुधार्दै मस्क !

1.69K
shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनि एलन मस्कबीचको विवाद मथ्थर भएको छ । मस्कले सरकारी दक्षता विभाग छोडेपछि आमने सामने भएका ट्रम्प र मस्कबीचको विवाद अब मथ्थर हुने संकेत देखिएको छ । मस्कले सामाजिक सञ्जालमा आफुले राष्ट्रपति ट्रम्पविरुद्ध गरेको पोष्टप्रति पछुतो रहेको उल्लेख गरेपछि दुवैवीचको विवाद रोकिने संकेत देखिएको हो

सो पोष्टपछि राष्ट्रपति ट्रम्पले मस्कको माफीको प्रशंसा गरेका छन् । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले एक ब्रीफिंगमा पत्रकारहरूलाई जानकारी दिदै मस्कको सो पोष्ट प्रति राष्ट्रपति ट्रम्प सकारात्मक भएको बताएकी छन् । न्यूयोर्क टाइम्सले रिपोर्टका अनुसार मस्कले सामाजिक सञ्जालमा माफी पोस्ट गर्नुअघि राष्ट्र्पति ट्रम्पलाई फोन गरेका थिए । मस्कले अघिल्ला पोस्टहरूमा ट्रम्पको बारेमा धेरै बोलेको र ती कुराहरू धेरै हदसम्म पुगेको पनि बताएका थिए । साथै मस्कले राष्ट्रपति ट्रम्पको व्यापक कर र खर्च बिललाई घृणित भनिएका आफ्ना सबै पोस्टहरू पनि हटाएका छन् ।

ट्रम्प र मस्कबीच सरकारले ल्यायेको एक विधेयकमाथिको बहस हुदै जुन ५ मा सुरु भएको थियो, जब ट्रम्पले मिडियामा विद्युतीय सवारी साधन खरिद गर्ने कानूनमा कटौतीको समस्या मस्कलाई हुन थालेको बताए ।त्यसपछि मस्कको एक पोस्टमा ट्रम्पको सम्बन्ध यौन अपराधी एपस्टाइनसँग जोडिएको बताउदै एक पोष्ट गरे । यसबाहेक, उनले ट्रम्पलाई महाभियोग लगाउने माग पनि गरेका थिए । ट्रम्पले जुन ७ मा एलोन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको बताएका थिए । यसपछि, ट्रम्पले मस्कलाई विपक्षी डेमोक्र्याटहरूलाई समर्थन गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका थिए ।