काठमाडौं, ३१ जेठ । विश्वकपमा खेलाडी मात्रै चर्चामा रहन्न, रेफ्री पनि उत्तिकै चर्चामा रहन्छन...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

कोलकत्ता: ‘प्रशिक्षार्थी डाक्टरकाे सामुहिक बलात्कार पछि हत्या’

8.29K
shares

कोलकोत्ता, ३१ साउन ।

कोलकाताको ट्रेनी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । अखिल भारतीय सरकारी चिकित्सक संघका अतिरिक्त सचिव डा‍‍. सुवर्णा गोस्वामीले पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै यो बलात्कार नभएर सामूहिक बलात्कार हुन सक्ने बताएकी छिन् ।प्रशिक्षार्थी चिकित्सकको प्राइभेट पार्टबाट १५१ एमजी वीर्य भेटिएको बताउँदै उनले यो दावी गरेकी हुन् । ‘कुनै पनि व्यक्तिसँग यति धेरै मात्रामा बिर्य हुन सक्दैन्, बलात्कारको घटनामा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने सम्भावना छ ।’प्रशिक्षार्थी डाक्टरको शव अर्धनग्न अवस्थामा फेला परेको थियो  । गत अगस्ट ९ मा आरजी कार मेडिकल कलेज तथा अस्पतालको सेमिनार हलमा प्रशिक्षार्थी चिकित्सकको अर्धनग्न शव फेला परेको थियो । डाक्टरको गोप्य भाग, आँखा र मुखबाट रगत बगिरहेको थियो । पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । जसका कारण भारतभरीमा चिकित्सकहरुले निरन्तर बिरोध प्रदर्शन गरिरहेका छन । उता, मेडिकल कलेजका आवासीय चिकित्सकहरुले अस्पताल प्रशासनले प्रमाणमा छेडछाड गरेको आरोप लगाएका छन् । उनीहरुभिडियो शेयर गर्दै भनेका छन कि – ‘सेमिनार हलबाट २० मिटर टाढा रहेको चेस्ट विभागको कार्यालयमा तोडफोड भइरहेको छ । प्रहरीको अगाडि नै मर्मतसम्भारको नाममा प्रमाणहरु तोडफोड भइरहेको छ ।’