काठमाडौँ, । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष नोभेम्बर २१...

पुरा पढ्नुहाेस्

Park Safari Resort

नेपाली वायुसेवामाथिको ईयू प्रतिबन्ध हटाउन कूटनीतिक पहल भइरहेको छ : मन्त्री पौडेल

ब्रसेल्स बैठकमा प्रतिबन्ध फुकुवाको माग गरिने, भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको योजना

858
shares

लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश) ले नेपाली वायुसेवामाथि युरोपेली संघ (ईयू) ले लगाउँदै आएको प्रतिबन्ध हटाउन सरकारले कूटनीतिक पहल गरिरहेको बताएका छन् ।

ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सले मङ्गलबार लन्डनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यसै महिना बेल्जियमको ब्रसेल्समा हुने बैठकमा नेपालले प्रतिबन्ध हटाउन जोडदार माग गर्ने बताए ।

प्रतिबन्ध फुकुवा भए बेलायतलगायत युरोपेली मुलुकमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उडान सञ्चालन गर्न सहज हुने उनको भनाइ थियो ।

नेपाली उड्डयन क्षेत्र सन् २०१३ देखि ईयूको सुरक्षा सूचीमा रहँदै आएको छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले नेपालको उड्डयन क्षेत्रलाई ‘गम्भीर सुरक्षा चासो’ को सूचीबाट हटाए पनि ईयूको प्रतिबन्ध भने कायमै छ ।

मन्त्री पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो क्षमताभन्दा बढी अर्थात् १२० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको उल्लेख गर्दै भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण उपयोग गर्ने सरकारको योजना रहेको बताए ।

लुम्बिनीमा बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन श्रीलङ्का, भियतनाम, थाइल्यान्ड र जापानजस्ता बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका देशसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

नेपाललाई अन्तर्राष्ट्रिय हवाई ट्रान्जिट हबका रूपमा विकास गर्न निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको धारणा पनि उनले राखे ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि भारतीय आकाश प्रयोग गर्न नेपाल सरकारले भारतसँग पहल गरिरहेको मन्त्री पौडेलले बताए । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा उक्त विषय उच्चस्तरमा उठाइने उनले जानकारी दिए ।

भारतले बिहारको मोतीहारीमा क्षेत्रीय विमानस्थल निर्माण गरिरहेको र त्यसका लागि नेपाली आकाश प्रयोग गर्नुपर्ने हुन सक्ने उल्लेख गर्दै उनले नेपालले पनि आफ्ना अन्तर्राष्ट्रिय उडानका लागि भारतीय आकाश प्रयोग गर्ने अनुमति मागिरहेको बताए ।

‘यस विषयमा भइरहेका वार्ताहरू सकारात्मक दिशामा अघि बढिरहेका छन्,’ उनले भने ।

विश्व ट्राभल मार्केट (डब्ल्यूटीएम) मा सहभागी हुन बेलायत पुगेका मन्त्री पौडेलले विभिन्न देशका समकक्षीसँग भेटवार्ता भएको जानकारी दिँदै नेपाललाई योग, ध्यान र स्वास्थ्य तथा आरोग्य पर्यटन (वेलनेस टुरिजम) को केन्द्रका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रवास समितिका प्रमुख मनिष झाले गैरआवासीय नेपालीलाई पार्टीले दाताका रूपमा नभई ज्ञान, सीप र अनुभव प्रदान गर्ने ‘थिङ्क ट्याङ्क’ का रूपमा हेरेको बताए ।

उनले आगामी तीन महिनाभित्र गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनसम्बन्धी कानुन निर्माण गरी उनीहरूका चासो सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

‘एनआरएनहरूको सीप, सञ्जाल र स्रोतलाई नेपालको समृद्धिमा लगाउन आग्रह गर्दछौँ । हामी सबै सँगै अघि बढ्नुपर्छ,’ झाले भने ।

ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्टले संस्थाले स्थापनाकालदेखि नै नेपाल र बेलायतबीच व्यापार तथा लगानी अभिवृद्धिका लागि काम गर्दै आएको बताए । उनले गैरआवासीय नेपालीको लगानी भित्र्याउन सहज वातावरण बनाउन र प्रशासनिक झन्झट हटाउन सरकारसँग आग्रह गरे ।

कार्यक्रमको सुरुवातमा चेम्बरका उपाध्यक्ष इन्द्र गिरीले सहभागीलाई स्वागत गर्दै वक्ताहरूको परिचय गराएका थिए । चेम्बरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ बकलीले संस्थाका गतिविधिबारे जानकारी दिएका थिए ।

अन्तरक्रियामा मन्त्री पौडेल र सांसद झाले सहभागीले उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।