कांग्रेस महामन्त्रीमा पौडेल र राणा निर्वाचित, महिलातर्फ डिला संग्रौलाको जित
खुलातर्फ प्रदीप पौडेलले पाए सर्वाधिक ४ हजार १९४ मत, उदय शमशेर राणा पनि विजयी; महिलातर्फ डिला संग्रौला ३ हजार ११८ मतसहित निर्वाचित
वि.सं.२०८३ असोज २६ सोमवार ०८:४९
shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित भएका छन् । महिलातर्फ डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् ।
खुलातर्फ निर्वाचित पौडेलले सर्वाधिक ४ हजार १९४ मत प्राप्त गरेका छन् । अर्का विजयी उम्मेदवार राणाले २ हजार ३१० मत प्राप्त गरे ।महामन्त्री पदका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।यसैगरी, महामन्त्रीको महिलातर्फ एक पदमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन् । उनले ३ हजार ११८ मत प्राप्त गरिन् ।महिलातर्फ प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाइन् ।

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित महामन्त्रीहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।















