विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सम्हाले पदभार
पदभार ग्रहण गर्दै श्रेष्ठले सुनकोशी–३ को डिजाइन अध्ययनका लागि कमिटी गठन गर्ने निर्णय पहिलो प्राथमिकतामा राखेको बताए
वि.सं.२०८३ असोज ७ बुधवार १६:१५
shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
बुधबार प्राधिकरणमा पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक श्रेष्ठले सुनकोशी–३ को डिजाइन अध्ययनका लागि कमिटी गठन गर्ने निर्णय पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।उनले कमिटी गठनसम्बन्धी फाइल आफूले खोलिसकेको जानकारी दिए । ऊर्जा क्षेत्रमा आफ्नो लामो अनुभव रहेको उल्लेख गर्दै श्रेष्ठले ऊर्जा सन्तुलन कायम गर्ने विषयमा रणनीति बनाएर अघि बढ्ने बताए ।उनले भने,सुनकोशी–३ डिजाइनको अध्ययनका लागि कमिटी गठन गर्ने पहिलो निर्णय छ । त्यो कमिटी गठनको फाइल चाहिँ अहिले खोलेको छु मैले । यो क्षेत्रमा मेरो लामो अनुभव छ । त्यसैले इनर्जी ब्यालेन्स कसरी गर्ने भन्ने कुरामा हामी रणनीति बनाएर अगाडि बढ्छौँ ।श्रेष्ठले जनतालाई दिनुपर्ने सेवासुविधा, सुशासन र गुणस्तरीय बिजुली उपलब्ध गराउने विषयलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।















