काठमाडौँ, । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष नोभेम्बर २१...

पुरा पढ्नुहाेस्

Park Safari Resort

हराउँदै रैथाने बाली : कोदोमा देखिएको सम्भावना

रामेछापमा श्रम अभाव, बसाइँसराइ र हाइब्रिड खेतीको विस्तारले रैथाने बाली संकटमा; कोदोको संरक्षण, प्रशोधन र ब्रान्डिङबाट रोजगारी सिर्जनाको अपेक्षा।

1.11K
shares

रामेछाप । रोजगारीका लागि युवाशक्ति विदेशिने र गाउँबाट सहर बसाइँसराइ गर्ने क्रम बढेसँगै रामेछापका खेतीयोग्य जमिन बिस्तारै बाँझिँदै गएका छन्। श्रम अभावका कारण कृषि उत्पादन घट्दै जाँदा परम्परागत रैथाने बालीसमेत लोप हुने अवस्थामा पुगेका छन्।किसानहरूले स्थानीय जातका बालीको सट्टा हाइब्रिड बाली रोज्न थालेपछि कतिपय रैथाने बाली हराइसकेका छन्। तर, धेरै किसानले अझै पनि कोदो खेतीलाई जेनतेन निरन्तरता दिइरहेका छन्।

एक समय ‘गरिबले खाने अन्न’ भनेर हेला गरिने कोदो अहिले भने पोषिलो र स्वास्थ्यका लागि लाभदायक खाद्यान्नका रूपमा पुनः चिनिन थालेको छ। स्वास्थ्य सचेतना बढेसँगै यसको महत्त्व बढे पनि उत्पादन र खेती क्षेत्र भने निरन्तर घटिरहेको किसानहरूको भनाइ छ।कृषि क्षेत्रमा राज्यको पर्याप्त प्राथमिकता नहुनु, शिक्षित युवाको कृषिप्रति घट्दो आकर्षण, जलवायु परिवर्तन, श्रमिक अभाव र उत्पादनको उचित मूल्य नपाउनुजस्ता कारणले कोदोसहितका रैथाने बाली संकटमा परेको स्थानीयको गुनासो छ।मन्थली नगरपालिका–२ का वडा सदस्य तथा लामो समयदेखि कृषिमा सक्रिय बालाकाजी श्रेष्ठ का अनुसार लगानीअनुसार आम्दानी नहुँदा धेरै किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन्।परम्परागत खेतीमा कतिपय समय किसानले लगाएको ज्यालासमेत उठ्दैन,श्रेष्ठले भने।

श्रेष्ठले कोदोको संरक्षण र प्रवर्द्धनका लागि राज्यले विशेष योजना ल्याउनुपर्ने बताए। उनका अनुसार कोदोलाई केवल रोटी र ढिँडोमा सीमित नराखी बिस्कुट, पिठो, पेय पदार्थलगायत विविध परिकार उत्पादन गर्ने उद्योग विकास गर्न सकिन्छ।त्यस्तै, कोदोबाट उत्पादन हुने स्थानीय मदिरालाई मापदण्डअनुसार ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सके किसानले उत्पादनको उचित मूल्य पाउने उनको विश्वास छ।कोदोको बजार विस्तार गर्न सकियो भने किसान खेतीतर्फ आकर्षित हुन्छन्। रैथाने बालीमा आधारित उद्योगले रोजगारी पनि सिर्जना गर्न सक्छ, उनले भने।

स्थानीय किसानहरूले रैथाने बालीको संरक्षणसँगै उत्पादन, प्रशोधन, बजारीकरण र ब्रान्डिङमा राज्यले लगानी गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार कोदोलाई परम्परागत खाद्यान्न मात्र होइन, स्थानीय अर्थतन्त्र सुदृढ बनाउने र गाउँमा रोजगारी सिर्जना गर्ने आधारका रूपमा विकास गर्न आवश्यक छ।