काठमाडौँ, । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष नोभेम्बर २१...

पुरा पढ्नुहाेस्

Park Safari Resort

स्पेनले जित्यो विश्वकप, आर्थिक मूल्यमा भने फ्रान्स अझै नम्बर एक

टोरेसको निर्णायक गोलमा अर्जेन्टिना पराजित, विश्वकप सकिँदा फ्रान्स सबैभन्दा मूल्यवान राष्ट्रिय टोली घोषित

1.44K
shares

काठमाडौं, साउन ४ । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भयो।खेलको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोल नै स्पेनको जितको आधार बन्यो। यससँगै स्पेनले २०१० पछि पहिलो पटक विश्वकपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ।

लगातार सफलता हासिल गर्दै आएको अर्जेन्टिनाले भने यसपटक उपाधिविहीन हुनुपर्‍यो। सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को फिफा विश्वकप जितेको अर्जेन्टिनाले यस संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि जित्न सकेन।विश्वकपको समाप्तिसँगै राष्ट्रिय टोलीहरूको अनुमानित बजार मूल्य (Squad Value) पनि चर्चाको विषय बनेको छ। याहु स्पोर्ट्सका अनुसार उपाधि जितेको स्पेनभन्दा पनि फ्रान्स विश्वकै सबैभन्दा मूल्यवान राष्ट्रिय टोली बनेको छ।

फ्रान्सको टोलीको अनुमानित मूल्य १.७६ अर्ब अमेरिकी डलर (१,७६० मिलियन) रहेको छ। इङ्ग्ल्यान्ड १.५८ अर्ब अमेरिकी डलरसहित दोस्रो स्थानमा छ भने विश्व च्याम्पियन स्पेन १.४२ अर्ब अमेरिकी डलरसहित तेस्रो स्थानमा रहेको छ।त्यसैगरी पोर्चुगल १.१७ अर्ब अमेरिकी डलरसहित चौथो, जर्मनी १.१० अर्ब अमेरिकी डलरसहित पाँचौँ तथा ब्राजिल १.०८ अर्ब अमेरिकी डलरसहित छैटौँ स्थानमा छन्।

विश्वकपको उपविजेता अर्जेन्टिना ९३७ मिलियन अमेरिकी डलरसहित सातौँ स्थानमा रहेको छ। त्यसपछि नेदरल्यान्ड्स (८७५ मिलियन अमेरिकी डलर), नर्वे (६८४ मिलियन अमेरिकी डलर) र बेल्जियम (६३५ मिलियन अमेरिकी डलर) क्रमशः आठौँ, नवौँ र दशौँ स्थानमा परेका छन्।स्पेनले विश्वकपको ट्रफी उचाले पनि आर्थिक मूल्यांकनका आधारमा भने फ्रान्स अझै विश्व फुटबलको सबैभन्दा मूल्यवान राष्ट्रिय टोलीका रूपमा कायम रहेको छ।