अबुधाबी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नीति तथा कार्यक्रममाथि आज पनि संसद्मा बहस, प्रधानमन्त्री बालेन शाहको उपस्थितिमाथि अन्योल

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै, प्रतिपक्षीको दबाबबीच नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तयारी

507
shares

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसयता सदनमा जारी छलफल राजनीतिक रूपमा थप चासोको विषय बनेको छ ।

बुधबारको बैठक भने नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रम प्रस्तुत गर्न सदनमा उपस्थित नभएपछि प्रतिपक्षी सांसदहरूले विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम रहेको छ । तर प्रधानमन्त्री आज सदनमा उपस्थित हुने/नहुने विषय अझै स्पष्ट भइसकेको छैन ।

बुधबार प्रधानमन्त्री अनुपस्थित भएपछि अर्थमन्त्रीमार्फत प्रक्रिया अघि बढाउने प्रयास गरिएको थियो । उक्त कदमप्रति प्रतिपक्षी दलहरूले आपत्ति जनाएका थिए ।आजै सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तयारी पनि गरिएको छ ।यता राष्ट्रियसभाको बैठक पनि बिहान ११ः१५ बजे बस्ने तय भएको छ । राष्ट्रियसभामा समेत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।