अबुधाबी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

भारत–युएई रणनीतिक साझेदारी थप बलियो : अबुधाबी अवतरण गर्दा मोदीको विमानलाई एफ–१६ जेटबाट एस्कर्ट

युएई भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान बीच ऊर्जा, रक्षा, बैंकिङ र पूर्वाधार सहकार्यबारे उच्चस्तरीय छलफल

351
shares

अबुधाबी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् । युएईको हवाई क्षेत्रमा प्रवेश गर्नेबित्तिकै युएईका एफ–१६ जेट विमानहरूले मोदी सवार विमानलाई एस्कर्ट गरेका थिए । अबुधाबीमा अवतरणपछि उनलाई विशेष गार्ड अफ अनर प्रदान गरिएको थियो।

प्रधानमन्त्री मोदीले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई नेताबीच ऊर्जा, रक्षा, व्यापार, प्रविधि, हरित विकास तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा व्यापक छलफल हुने जनाइएको छ।

मोदी मे १५ देखि २० सम्मको पाँच राष्ट्र भ्रमणका क्रममा युएई पुगेका हुन् । भ्रमणको मुख्य उद्देश्य भारतको खाडी क्षेत्र र युरोपसँगको रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउनु रहेको भारतीय पक्षले जनाएको छ।

युएई भ्रमणका क्रममा रक्षा, ऊर्जा, पूर्वाधार र बैंकिङ क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा लगानी घोषणाहरू भएका छन् । भारत र युएईबीच रणनीतिक रक्षा साझेदारीसम्बन्धी रूपरेखामा हस्ताक्षर गरिएको छ भने रणनीतिक पेट्रोलियम भण्डारण र एलपीजी आपूर्तिसम्बन्धी सम्झौतामा पनि सहमति भएको छ। सहकार्यअन्तर्गत वाडीनार क्षेत्रमा जहाज मर्मत क्लस्टर स्थापना गर्ने समझदारीपत्रमा समेत हस्ताक्षर भएको बताइएको छ।

युएई भ्रमणपछि प्रधानमन्त्री मोदी पश्चिम एसियाका अन्य देश हुँदै युरोप जाने कार्यक्रम रहेको छ ।नर्वेमा उनले मे १९ मा ओस्लोमा हुने तेस्रो भारत नोर्डिक शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् ।सम्मेलनमा डेनमार्क फिनल्याण्ड आइसल्याण्ड र स्वीडेनका नेताहरूको पनि सहभागिता रहनेछ।