अबुधाबी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रतिनिधिसभामा आज नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले दिनेछन् जवाफ

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सांसदका संशोधन प्रस्ताव प्रस्तुत हुने, प्रधानमन्त्रीले दिनेछन् जवाफ

663
shares

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिनेछ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरू सभामा प्रस्तुत गरिने र त्यसमाथि छलफल हुने जनाइएको छ ।

आजकै बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यक्रम पनि तय गरिएको संसद् सचिवालयले जनाएको छ ।यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को दुवैसदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३-०८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।