अबुधाबी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो, केहिवेर त्रिभुवन विमानस्थल प्रभावित

इस्तानबुलबाट आएको विमान अवतरणकै क्रममा आगोको झिल्का, २७७ यात्रु सुरक्षित

1.31K
shares

काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेपछि विमानस्थल केहिवेर अस्थायी रूपमा बन्द गरिएको थियो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहान ६:३५ बजे विमानस्थलमा अवतरण गरेको जहाजको पछाडिको ल्यान्डिङ गियरमा आगोको झिल्का देखिएको थियो। आगो देखिनासाथ जहाजलाई तत्काल रोकिएको र विमानस्थलको दमकल टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको जनाएको छ।

उक्त विमानमा २७७ यात्रु सवार रहेका थिए। प्रारम्भिक जानकारी अनुसार सबै यात्रु सुरक्षित रहेका छन्। घटनापछि विमानस्थल क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने केही समयका लागि उडान तथा अवतरण सेवा रोकिएको थियो।प्राधिकरणले घटनाको प्राविधिक कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।