अबुधाबी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

पाकिस्तानी दूतावासद्वारा काठमाडौंमा ‘मार्का–ए–हक दिवस’ मनाइयो

राजदूत अबरार हाश्मीले फहराए राष्ट्रिय झण्डा, पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीका सन्देश वाचन

1.46K
shares

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले आइतबार ‘मार्का–ए–हक दिवस’लाई विशेष कार्यक्रम आयोजना गरी गम्भीरता र राष्ट्रिय गौरवका साथ मनाएको छ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले दूतावास परिसरमा आयोजित समारोहमा राष्ट्रिय झण्डा फहराएका थिए। कार्यक्रममा दूतावासका अधिकारीहरू, नेपालमा रहेका पाकिस्तानी समुदाय, उनीहरूका परिवार तथा पाकिस्तानका शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ तथा उपप्रधान एवं विदेशमन्त्री सिनेटर मोहम्मद इशाक डारका सन्देशहरू वाचन गरिएको थियो।

राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा ‘मार्का–ए–हक’ले पाकिस्तानको प्रतिरोध क्षमता केवल नारामा सीमित नभई व्यावसायिक दक्षता, सुरक्षा निकायबीचको समन्वय र जनताको दृढ संकल्पमा आधारित रहेको विश्वलाई देखाएको बताएका छन्। उनले देशका सुरक्षाकर्मी तथा सहिदहरूप्रति सम्मान व्यक्त गरेका थिए।

प्रधानमन्त्री शहबाज शरीफले ‘योम–ए–मार्का–ए–हक’लाई अल्लाहप्रति कृतज्ञता व्यक्त गर्ने दिनका रूपमा उल्लेख गर्दै पाकिस्तानले कठिन परिस्थितिमा देखाएको साहस र शत्रुमाथि दिलाएको निर्णायक पराजयको स्मरण गर्ने अवसर भएको बताएका छन्। उनले स्थल, समुद्र, आकाश र साइबर क्षेत्रसम्म फैलिएको सुरक्षा संयन्त्रको समन्वित प्रतिक्रियाले पाकिस्तानलाई अजेय राष्ट्रका रूपमा स्थापित गरेको दाबी गरे।

उपप्रधान तथा विदेशमन्त्री इशाक डारले दक्षिण एशियामा दीगो शान्तिका लागि जम्मु–कश्मीर मुद्दाको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावअनुसार समाधान आवश्यक रहेको बताएका छन्। उनले पाकिस्तान संवाद, कूटनीति र पारस्परिक सम्मानमार्फत विवाद समाधानमा विश्वास गर्ने उल्लेख गरे।राजदूत हाश्मीले कार्यक्रममा सम्बोधन गर्दै पाकिस्तानको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि सशस्त्र बलले खेलेको भूमिकाकोप्रशंसा गरे।उनले मार्का ए हक पाकिस्तानको राष्ट्रियएकता दृढता र संकल्पको प्रतीक भएको बताए।