काठमाडौँ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने ऐतिहासिक...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

पूर्वप्रधानमन्त्री केपी ओली र नेता रमेश लेखक पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान सुरु

सरकारको पहिलो निर्णय कार्यान्वयन गर्दै प्रहरीको एक्सन; दफा १८१ र १८२ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइयो

988
shares

भक्तपुर, चैत १५ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई बिहान करिब ५ बजे पक्राउ गरी काठमाडौं लगिएको हो।त्यसैगरी सूर्यविनायक–५ कटुञ्जेस्थित निवासबाट नेता लेखकलाई पनि आज बिहानै पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवैजनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार खड्काको कमाण्डमा खटिएको टोली बिहानै गुण्डु पुगेर पूर्वप्रधानमन्त्री ओलीलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौं लगिएको छ।

शुक्रबार गठन भएको नयाँ सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।उक्त प्रतिवेदनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ दमन प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओली गृहमन्त्री लेखक तथा प्रहरी प्रमुख चन्द्रकुवेर खापुङमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो।

सरकारको निर्णय लगत्तै गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग छलफलमा जुटेका थिए। मध्यरातसम्मको छलफलपछि प्रहरीले लिखित आदेश प्राप्त गर्दै दुवै नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। उक्त घटनामा मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ। यी दफाअनुसार लापरबाही वा हेलचेक्र्याइँका कारण ज्यान गएको कसुरमा कारबाही हुने व्यवस्था रहेको छ।

सरकारको पहिलो निर्णय कार्यान्वयनसँगै उच्च राजनीतिक तहका नेतामाथि कानुनी प्रक्रिया अघि बढ्नुले देशको समकालीन राजनीतिक तथा कानुनी अवस्थालाई थप गम्भीर बनाएको छ। यस घटनाले आगामी दिनमा राजनीतिक र कानुनी क्षेत्रमा व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ।