काठमाडौं, १२ साउन । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। बैठक मंगलबार बिहान ११ः१५...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

नवनियुक्त प्रधानमन्त्री बालेनद्वारा सिंहदरबारमै कडा निर्देशन, कार्यसम्पादनमा तीव्रता ल्याउन आग्रह

शपथलगत्तै कार्यालय पुगेर मन्त्री र सचिवसँग ब्रिफिङ, प्रशासनिक सक्रियता बढाउने संकेत

2.56K
shares


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पदभार सम्हालेकै दिनदेखि प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउने संकेत दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएपछि उनी सीधै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए।

दिउँसो करिब २ः१५ बजे कार्यालय प्रवेश गरेका प्रधानमन्त्री शाहले त्यहीँ मन्त्रीहरू र उच्चपदस्थ कर्मचारीसँग पहिलो ब्रिफिङ लिँदै कार्यशैलीबारे स्पष्ट निर्देशन दिएका हुन्। उनले सरकारी कामकाजलाई छिटो, प्रभावकारी र परिणाममुखी बनाउन जोड दिएका स्रोतले जनाएको छ।

प्रधानमन्त्रीलाई मुख्यसचिव सुमनराज अर्याल सहित सचिवहरूको टोलीले स्वागत गर्दै वर्तमान प्रशासनिक अवस्थाबारे जानकारी गराएको थियो। सो क्रममा प्रधानमन्त्री शाहले जनअपेक्षाअनुसार सेवा प्रवाह सुधार्न र निर्णय प्रक्रियामा ढिलाइ नगर्न विशेष ध्यान दिन निर्देशन दिएका थिए।

नवनियुक्त प्रधानमन्त्रीको यो कदमले सुरुवातमै सक्रिय र परिणाममुखी शासनशैली अपनाउने संकेत दिएको विश्लेषण गरिएको छ।