काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १६१ निर्वाचन क्षेत्रको अन्तिम मत...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

प्रतिनिधि सभा परिणाम : ४६ सिटको नतिजा सार्वजनिक, रास्वपाको प्रभावशाली उभार

रास्वपा ३५ सिटसहित अग्रस्थानमा, कांग्रेस ६ मा सीमित; एमाले र नेकपालाई २/२ तथा स्वतन्त्र १, अझै ८४ स्थानमा रास्वपाको अग्रता

1.18K
shares

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म ४६ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट अग्रता बनाउँदै ३५ स्थानमा विजय हासिल गरेको छ।

निर्वाचन आयोगबाट प्राप्त पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसले ६ स्थानमा जित हात पारेको छ भने नेकपा एमाले र नेकपाले समान दुई–दुई सिट जितेका छन् । यस्तै एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

देशभरका बाँकी क्षेत्रमा मतगणना जारी रहेको छ । हालसम्मको मत परिणामअनुसार रास्वपाले अझै ८४ स्थानमा अग्रता कायम राखेको छ । कांग्रेस, एमाले, नेकपा तथा अन्य दलका उम्मेदवारले केही क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।

निर्वाचन सम्पन्न भएको केही दिनभित्रै सबै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।