काठमाडौँ, वैशाख १ । आजदेखि विक्रम संवत् २०८३ साल औपचारिक रूपमा प्रारम्भ भएको छ।...

पुरा पढ्नुहाेस्

निर्वाचन परिणाम – २०८२

आजको राशीफलः वि.सं. २०८२ माघ २६ गते साेमवार,ई. सं. २०२६ फेब्रुअरी ०९ तारिख

1.99K
shares

वि.सं. २०८२ माघ २६ गते साेमवार तदनुसार ई. सं. २०२६ फेब्रुअरी ०९ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६,माघ शुक्लपक्ष (सिल्लाथ्व) द्वादशी तिथि, बेलुका ०८:०५ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि,  आर्‌द्रा नक्षत्र, बेलुका ०६:४८ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), विष्कुम्भ योग, दिउँसो ०१:१८ बजेसम्म, त्यसपछि प्रीति योग, सुरुमा बब करण बिहान ०८:३४ बजेसम्म, त्यसपछि बालब करण बेलुका ०८:०५ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य (बेलुका ०८:०५ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : भीष्म द्ववादशी, बटु माघयात्रा, सन्याडुली, चाँगुमाधवनारायणमेला, त्रिपुष्कर योग बेलुका ०६:४९ बजेदेखि ०८:०५ बजेसम्म, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज काठमाण्डौमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:४९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सामाजिक सम्बन्ध विस्तार हुने र नयाँ योजना बन्ने दिन हो। सहयोगी र साझेदारबाट राम्रो साथ मिल्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ। भाग्यबल: १००% | शुभअङ्क: ३ | शुभ रङ: गुलाबी/सिन्दुरे | शुभ दिशा: पश्चिम ।मन्त्र: ॐ नमः शिवाय (११ पटक)

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – बोली र प्रस्तुतीकरणबाट सफलता मिल्ने दिन। नयाँ अवसर प्राप्त हुने सम्भावना छ। अनुभवी व्यक्तिको सल्लाह उपयोगी हुनेछ।भाग्यबल: १००% | शुभअङ्क: २ | शुभ रङ: सेतो | शुभ दिशा: दक्षिण। मन्त्र: ॐ महालक्ष्म्यै नमः (११ पटक)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – हडबडी नगरी सोचेर निर्णय लिनु राम्रो हुन्छ। व्यापार र हिसाबकिताब सुधार गर्दा लाभ मिल्नेछ।भाग्यबल: १००% | शुभअङ्क: १ | शुभ रङ: हरियो | शुभ दिशा: पूर्व । मन्त्र: ॐ बुं बुधाय नमः (८ पटक)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – खर्च बढ्न सक्ने र मानसिक तनाव हुन सक्ने दिन। सावधानीपूर्वक निर्णय लिनु राम्रो हुन्छ। भाग्यबल: ५% | शुभअङ्क: ३ | शुभ रङ: सेतो | शुभ दिशा: उत्तर । मन्त्र: ॐ महाकालाय नमः (२१ पटक)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – पदोन्नति वा नयाँ अवसरको संकेत छ। सम्बन्ध बलियो बन्ने र आय बढ्ने सम्भावना देखिन्छ। भाग्यबल: १००% | शुभअङ्क: २ | शुभ रङ: कलेजी | शुभ दिशा: पश्चिम । मन्त्र: ॐ घृणि सूर्याय नमः (७ पटक)

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – कामको बोझ बढे पनि मिहिनेतले सफलता मिल्नेछ। नयाँ सम्झौता वा करारबाट लाभ हुन सक्छ। भाग्यबल: १००% | शुभअङ्क: १ | शुभ रङ: गाढा रातो | शुभ दिशा: दक्षिण । मन्त्र: ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः (७ पटक)

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – अध्ययन र अनुभवबाट प्रगति हुने दिन। सहकर्मी र साथीहरूको सहयोग मिल्नेछ।भाग्यबल: १००% | शुभअङ्क: ९ | शुभ रङ: हरियो | शुभ दिशा: पूर्व ।  मन्त्र: ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः (८ पटक)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मानसिक तनाव बढ्न सक्ने दिन। स्वास्थ्य र लेनदेनमा विशेष सावधानी अपनाउनुहोस्। भाग्यबल: १०% | शुभअङ्क: ८ | शुभ रङ: गुलाबी | शुभ दिशा: उत्तर ।  मन्त्र: ॐ हं हनुमते नमः (२१ पटक)

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – व्यवसाय र वैदेशिक कार्यमा लाभ मिल्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ।भाग्यबल: १००% | शुभअङ्क: ७ | शुभ रङ: रातो | शुभ दिशा: पश्चिम । मन्त्र: ॐ लक्ष्मीनारायणाभ्यां नमः (११ पटक)

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – साझेदारी र सामाजिक क्षेत्रमा लाभ मिल्ने दिन। धैर्य र विनम्रता अपनाउँदा सफलता मिल्नेछ। भाग्यबल: १००% | शुभअङ्क: ६ | शुभ रङ: पहेंलो | शुभ दिशा: दक्षिण । मन्त्र: ॐ धन्वन्तरीदेवाय नमः (११ पटक)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – सिर्जनात्मक काम र अध्ययनमा सफलता मिल्नेछ। मित्र र परिवारसँग सन्तुलन राख्नुपर्ने दिन।भाग्यबल: १००% | शुभअङ्क: ५ | शुभ रङ: गाढा रातो | शुभ दिशा: पूर्व । मन्त्र: ॐ हिरण्यगर्भाय नमः (७ पटक)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – साझेदारी काममा व्यस्तता बढ्नेछ। अध्ययन र पारिवारिक जिम्मेवारीबीच सन्तुलन राख्नुहोस्।भाग्यबल: ०% | शुभअङ्क: ४ | शुभ रङ: सिम्रिक रातो | शुभ दिशा: उत्तर । मन्त्र: ॐ नमश्चण्डिकायै नमः (९ पटक